प्रचण्डको दस्तावेज राजनीतिक विकाश र संघीय रुपान्तरणको प्रक्रियामा कोसे ढुंगा हुनसक्छ


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

– किशोर नेपाल

झण्डै महिना दिनपछि पाठकहरुसंगको यो भेट सुमधुर हुनै पर्दछ । यता, नेपालतिरका समाचार अलिकति निरासाजनक छन् र अलिकति रमाइला छन् । रमाइलो कुन हिसावले भने, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भर्खरै टिकटकमा खाता खोलेका छन् । खोल्ने बित्तिकै उनको टिकटक खाता भाइरल भएकोछ । राष्ट्रिय तहका समाचारपत्रहरुले प्रधानमन्त्रीको टिकटक खातालाई कुनै अव्दितीय बिषय नै हो कि जस्तो गरी ठूलो समाचार बनाएका छन् । यसका साथै, देशमा टिकटकका प्रशंसक बढने भएका छन् । पहिलो प्रयोगका रुपमा होला, प्रधानमन्त्रीको टिकटक खातामा पार्टी एकतासंग सम्बन्धित एउटा गीत राखिएकोछ । त्यो गीत, बिश्वास गरौं, निकै राम्रो होला ।

अहिलेका लागि प्रधानमन्त्रीको एकमात्र समस्या दस्तावेज र त्यसले उठाएको पार्टी एकता नै भएकोछ । पार्टी अर्थात नेपाल कम्युनिष्ट पार्टी भित्रको यो समस्यामा प्रधानमन्त्री नराम्ररी अल्झिएका छन । उनको समस्या भनेको पार्टीको पहिलो अध्यक्ष र कार्यकारी अध्यक्षको पद हो । नेकपाका नेताहरु भन्दछन – पार्टीमा दुइजना अध्यक्ष भएपछि दुबै बराबर हुन्छन । तर, प्रधानमन्त्री त्यसमा सहमत छैनन । उनको बिचारमा उनी आफैं पार्टीका पहिलो अध्यक्ष हुन र उनी आफैं कार्यकारी अध्यक्ष पनि हुन । उनले पटक पटक यो कुरा कार्यकारी अध्यक्ष प्रचण्डलाई सबैले सुन्नेगरी बताएकाछन । उनी नेकपाको पहिलो अध्यक्ष हुँदैन थिए र नाम बर्णानुक्रम अनुसार हुने भनिएको भएपनि पहिलो अध्यक्ष त उनी नै हुन्थे । पहिले त क नै आउँछ ।

बडो सकसमा छन प्रधानमन्त्री । मंगलबार अपरान्हपनि सचिवालय बैठक भएको छ । बैठकमा ‘क’ अध्यक्ष तथा ‘का’ अध्यक्षका बीच ‘बजान’ भयो – दन्तबजान । यसलाई सामान्य दन्तबजान मात्रै भन्नपनि नमिल्ला । यसमा सरकारका कर्तब्य र आचरणका कुरा परेका छन । कोभिड महामारीको चाप बढी रहेको समयमा जनचासोका गम्भीरतम कुरा उठनु सहज थियो । पहिलो दिन ‘का’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी हेडक्वार्टरका पिल्लर र छत हल्लिनेगरी, अनपेक्षित हिसावले, बमबर्षा गरे । उतिबेला महान सांस्कृतिक क्रान्तिको प्रारम्भगर्दै अध्यक्ष माओले यसैगरी बमबर्षा गरेको पढन पाइन्छ ।

त्यो बमबर्षालाई प्रधानमन्त्री ओलीले सामान्य रुपमा लिएनन । लिने कुरा पनि थिएन । प्रधानमन्त्री आफैले भने, बमबर्षा “अनुपयुक्त, अनुचित, भूmठा र भ्रमपूर्ण” थियो । प्रधानमन्त्री ओलीकै शब्दमा बमबर्षाले उनलाई हैरान तुल्यायो, हुर्मत लियो, अपमानित ग¥यो र घटिया लान्छना लगायो । हो, प्रचण्डको प्रस्तावमा सरकारमाथि गम्भीर आरोप लगाइएकोछ । प्रधानमन्त्री ओलीले सरकारी निकायहरुले तत्काल नगरि नहुने काममा लाग्नु भन्दा कार्यान्वयन नहुने कुरा गरेर सस्तो लोकप्रियता आर्जन गर्नेतर्फ बढी रुचि राखेको आरोपछ ।

भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिशनखोरी नियन्त्रण र समाप्त गर्नेतर्फ सार्थक पाइला नचालिएको, नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारबाट जनताले गरेको सुशासनको आशा र पार्टीको सार्वजनिक प्रतिबद्धता पूरा नभएको स्पष्ट उल्लेखछ । शासनका यी अवधिमा भएका भ्रष्टाचारका अनेकौं प्रकरणहरुमा अख्तियार प्राप्त निकायले छानबिन गरी सम्बन्धित व्यक्ति निर्दोष वा दोषी भए नभएको निक्र्यौल गर्नुपर्नेमा आरोपित व्यक्तिहरु निर्दोष रहेको घोषणा प्रधानमन्त्री स्वयम्ले गरेको पनि प्रचण्डको प्रस्तावनामा उल्लेख गरिएकोछ । आरोपित माथि छानबिन समेत नहुने स्थिति सिर्जना गरिएकोले जनतामा पार्टी र सरकारप्रति नकारात्मक धारणा सिर्जना भएको स्पष्ट लेखेका छन प्रचण्डले ।

“सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन र जनताबाट अलगावको प्रवृत्ति देखापर्ने खतरा अन्य बेला भन्दा प्रवल हुन्छ । यस्ता प्रवृत्तिहरुलाई सच्याउन व्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्छ” भनी पार्टीको राजनीतिक प्रतिवेदनमा जे मार्ग निर्देश गरिएको छ त्यसैको उपहास गरिएको जीकीर छ प्रचण्डको ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार संकटमा झुली रहेकोछ भन्न यति नै पर्याप्त होला । प्रकटमा, अहिलेको यो पूरै प्रकरणलाई प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डका बीचको ब्यक्तिगत र पदीय मनोमालिन्य भनेर चित्रण गरिएपनि दस्तावेजले त्यस्तो देखाउँदैन । जनताले देखेका छन – प्रचण्डले हदै दर्जाको अपमान सहेर बसेका छन नेकपाभित्र । उनी जत्तिको मानिसका लागि त्यो सुहाउने कुरा थिएन । माओवादीलाई एमालेसंग मिलाएर बृहत्त आकारको कम्युनिष्ट पार्टीको निर्माणगर्ने उनको महत्वाकांक्षा थियो । तर, कम्युनिष्ट र गैर कम्युनिष्टका सयौं राजनीतिक शास्त्र पढेका प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको कपटपूर्ण पाटो पहिल्याउन सकेनन । एमालेको जन्म कुन राजनीतिक स्वार्थका लागि भएको थियो ? यसको नालीबेली उनलाई थाह नभएको होइन । ती यावत कुरा आफना ठाउँमा भएर पनि माओवादी पार्टीको अस्तित्व अन्यत्र समाहितगर्नु प्रचण्डको गल्ती थियो ।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठकमा छलफल भएपछि अहिलेका दस्तावेजमाथि माथिल्ला कमिटिहरुमा छलफल हुने वा नहुने के हो ? कसैलाई थाह छैन । नेकपा नेतृत्वले यी बैठकहरु लामो चलाउने र बिषयहरुलाई गलाएर, पगालेर मिल्काउने वा अहिले उठेका र उठाइएका बिषयहरुमाथि लामो र अन्त्यहीन छलफल गराएर सन्दर्भहीन हिसावले दस्ताबेजको थुप्रो तयार गरेर त्यसैभित्र पुरी दिने त होइनन ? यो आशंका आपूmलाई परिवर्तकारी भन्न रुचाउने, पढे–लेखेका र आलोचनात्मक राजनीतिक चेतना भएका हरेक ब्यक्तिमा रहेकोछ ।

एउटा अर्को पक्ष पनि छ यो घटनाको । नेपालमा भ्रष्टाचारको ब्यापकताको मापन सम्भव छैन । अहिले मात्रै पनि, नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको यो बर्षको रिपोर्ट अस्वीकार ग¥यो । सरकारी समूहहरुमा त्यो रिपोर्टलाई प्रमुख प्रतिपक्षी पार्टीको पक्षमा गएको बताउनेको कमी भएन । ट्रान्सपरेन्सीको रिपोर्ट नेपाल वा पाकिस्तानलाई हेरेर बनाउने पक्कै होइन । यसको आफनै प्रक्रिया छ । अहिले त्यतातिर नजाउँ ।

मुख्य कुरा, नेपाल कम्युनिष्ट पार्टीको मुख्यालयमा पहिलोपल्ट पार्टीका कार्यकारी अध्यक्षको हैसियतमा रहेको एउटा महत्वपूर्ण नेताले देशको प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा रहेको अर्को महत्वपूर्ण नेताका बिरुध्द खुलेआम कुशासन र भ्रष्टाचारको अभियोग लगाएकोछ । अरु कसैले यस्तो आरोप लगाएको भए त्यो समाचारको भीडमा कतै हराउँथ्यो । स्वयं कार्यकारी अध्यक्षले लगाएका यी आरोपमा प्रसस्त दम छ । नेकपाका नेता र कार्यकर्ताले प्रधानमन्त्री ओलीको मुख नहेरेर, दह्रो खुट्टा टेकेर, अध्यक्ष प्रचण्डको दस्तावेजको ‘दूधको दूध पानीको पानी’ छान्ने हो भने नेपालको राजनीतिक बिकास र संघीय रुपान्तरणको प्रक्रियामा यो घटना कोसे ढुंगो सावित हुनेछ । के यो सम्भव होला ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com