प्रहरी प्रमुखले  कुनै दल विशेष जिताउन भूमिका खेल्नेवाला छैनन्


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

– राधाकृष्ण देउजा

प्रहरी संगठनमा भर्ना भएको मितिले  आफु भन्दा अग्रजहरु भन्दा पहिलानै बढुवा हुने विषयमा गरिने सवाल र विरोध स्वाभाविक नै हुन्छ एक हदसम्म भलै अहिलेको युगमा केवल भर्ना मितिले वरिष्ठ भएकैले उनीहरुलाइ योग्यता क्षमता सहितको इमान्दारिताले उनीहरु भन्दा अगाडी रहेकाहरुको सलाम खाने योग्य बनाइन हुन्छ वा हुन्न भन्ने सवालमा वहस ढिला भैसकेको  छ ।

तर अहिलेसम्म पनि  भर्ना मितीले अग्रज भएकाहरु भन्दा उनीहरु भन्दा पछाडि भर्ना भएकाहरुको बढुवा किन अगाडि भनेर सवाल गरिनुलाइ अन्यथा मान्नु हुदैन तर त्यसो भन्दैमा भएको पदमा वहाल रहेकाहरु मध्य वरिष्ठ रहेकोले त्यस भन्दा माथिल्लो पदमा रिक्त दरवन्दीमा बढुवा पाउँदा त्यसमा अन्यथा कारण खोज्नु वा आशँका गरिनु त्यति न्यायोचित हुनेछैन ।

झन मुलुकको  संविधान , ऐन नियम र कानुनले दिएको जिम्मेवारीको वहन गर्दै तत्काल विद्धमान सरकारको विधिसम्मत आदेश पालनाको सँस्कारको अनुशरण गर्दै आएको नेपाल प्रहरी संगठनको कुनै पनि अधिकृतलाइ कुनै राजनीतिक दलले आफु अनकुल अनुचित रुपमा प्रयोग गर्न सक्छन भन्ने आशँका गर्नु किमार्थ न्यायोचित हुन सक्दैन ।

विश्वराज पोखरेल

त्यसैले भर्खरै नेपाल प्रहरीको एआइजीमा वढुवा भएका विश्वराज पोखरेललाई नेकपाले चुनावमा सहयोग हुने विश्वास सहित चुनावी आइजीपी बनाउने सोच सहित अहिले एआइजी बनाएको भन्ने निष्कर्ष जस्तै पवित्र भावनाले निकालिएको भए पनि त्यो गलत छ । र  समयक्रमले त्यसलाइ तथ्यकै जगमा खारेज गर्ने पक्का छ ।

पहिलो कुरा त विश्वराज पोखरेल हुन वा अरु कुनै अधिकृत आइजीपी हुँदा नै किन नहोस, प्रहरीले जनताको अभिमतलाइ बदल्न सक्दैन  र दोश्रो कुरा नेपाल  प्रहरी संगठनको व्यवसायिक पङ्क्तिले आफ्नो वर्दीमा कुनै राजनीतिक दलको दाग लाग्न दिनेछैनन । जनताको जिउधन रक्षा गर्ने प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरीले निर्वाचनको दौरान भय रहित निर्वाचनको ग्यारेण्टी गर्नुको अलावा  जनताको मतको रक्षा गर्ने वाहेक अन्य कुनै काम गर्दैन भन्ने सत्यको मनन गरिनु पर्छ ।

सवैलाइ हेक्का रहोस,  नेकपाको सरकार नभएको तत्कालिन समयमा   योग्यता क्षमताको हिसावले आइजीपी हुनुपर्ने तत्कालिन डिआइजी नवराज सिलवाललाइ अन्यायपूर्ण ढंगले बढुवा नदिने मात्रै हैन तत्कालिन सरकारले अभियुक्तनै बनाउन खोजेको समयमा पनि  तिनै नवराज सिलवाल नेकपाको तर्फबाट उमेदवार भएर चुनाव लडेर जनमत प्राप्त गरेर विजयी हुनसकेका थिए ।

त्यतिवेला न त प्रहरीको प्रमुखले आफ्नै प्रतिस्पर्धी नवराजलाइ हराउन कुनै अन्यथा भूमिका खेले न प्रहरी संगठनले तत्कालिन नेपाली काँग्रेसको प्रभावमा नेकपा हराउन भूमिका खेल्यो । त्यसो नगर्नुको मतलव प्रहरीको राजनीतिक झुकावले हैन , न त उसले नेकपा जित्ने र काँग्रेस हार्ने आंकलन गरेकोले नै हो बरु त्यो त प्रहरी सधैँ व्यवसायिक र स्वतन्त्र रहेकोले हो ।

प्रहरीको व्यवसायिकता र निस्पक्षताको त्यो उज्यालो छवि भोली भोलि सम्म पनि उस्तै रहनेछ ।  विश्वास राखे हुन्छ यदी अनुमान अनुसारनै भविश्यमा विश्वराज पोखरेल आइजीपी भएछन भने पनि कानुनले दोषी देखेको कुनै नेकपा , काँग्रेस वा कोहि कसैले छुट पाउने छैन । अनि त्यो विश्वराज वा अरु कुनै अमुक अधिकृत हुँदा मात्रै हैन जोसुकै आइजीपी हुँदा पनि हुन्छ किनकि नेपाल प्रहरी कोहि कसैको दास थिएन , हैन र हुनेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com