नेपालमा थप १ हजार ४७४ जनामा कोरोना पुष्टि, एकैदिन २९ को मृत्यु
प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार
नेपालमा थप १ हजार ४७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४७४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १४ हजार ५२१जना संक्रमणमुक्त भएका छन् ।
यस्तै आज कोरोनाबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ ।