नेपालमा थप १२५५ जनामा कोरोना संक्रमण, २५ को मृत्यु
प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार

नेपालमा थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २५५ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने हाल संक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७९ पुगेको छ ।