नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी


प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

ढकालले ६३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानले ४६६ मत पाएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि  ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए ।  महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।

महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए । महासंघमा वस्तुगततर्फ १०१, जिल्ला तथा नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका थिए  ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com