नेपालमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण, १९ को मृत्यु


प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार

नेपालमा थप १ हजार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ११ हजार १८६ जना स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३६८ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com