सामुदायिक र निजी बालविकास केन्द्रबीच विभेद: अध्ययन


प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार

भविष्यका कर्णाधार बालबालिकाको विकास र सिकाइलाई समग्रतामा अगाडि बढाउन अत्यावश्यक बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव एक अध्ययनले देखाएको छ ।

सामुदायिक र निजी बालविकास केन्द्रबीच पूर्वाधार, वातावरण र सिकाइका दृष्टिमा विभेद् देखिएकाले सामुदायिक बाल विकास केन्द्रमा स्थानीय तहले लगानी बढाउनुपर्ने पनि अध्ययनले सुझाव दिएको छ ।

सार्थक शिक्षा संस्थाले ललितपुर महानगरपालिकाभित्रका चार वर्ष उमेर समूहका ‘बालबालिकाको विकास सहीरुपमा भएको छ ?’ भन्ने विषयमा गरेको अध्ययनले विकास र सिकाइका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तयार गरेको मापनको सही पालना नभएको र स्थानीय तहले पर्याप्त लगानी तथा अनुगमन नगरेको देखाएको हो ।

सो संस्थाका अध्यक्ष डा. मिनाक्षी दाहालले बालबालिकालाई सर्वाङ्गीण विकास र प्राथमिक शिक्षाको तयारी गरी भविष्यका लागि अशल जनशक्ति उत्पादन गर्न बाल विकास कार्यक्रममा लगानी बढाउनुपर्ने बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्ययनले सामुदायिक (सरकारी) स्तरका प्रारम्भिक बाल विकासमा बालबालिकाको समग्र विकास ५० प्रतिशत मात्रै पाइएको र गरिब एवं विपन्न समुदायका अभिभावकका बालबालिकासँग बाल विकास कार्यक्रम पुग्न नसकेको देखाएको छ । ललितपुरमा सामुदायिक र निजी क्षेत्रका गरी दर्ता भएका १३७ वाल विकास केन्द्र क्रियाशील छन् । दर्ता नभएका वाल विकास केन्द्र पनि छन् । तीमध्ये ६७ वटा केन्द्रका साथै घरधुरी सर्वेक्षणबाट ६५६ बालबालिकामा सो अध्ययन गरिएको थियो । अध्ययनका क्रममा १८८ विद्यालय र ५३४ सहजकर्ताबाट प्रश्नावली भराइएको थियो ।

अध्ययनमाथि समीक्षा गर्दै शिक्षाविज्ञ डा प्रमोद भट्टले बालबालिकाको शारीरिक, बौद्धिक र संवेगात्मक विकासबारे विद्यमान अवस्थाको चित्रण गरी नीतिगत र कार्यान्वयनका क्षेत्रमा सुधारका लागि अध्ययनले बाटो देखाएको जनाउँदै अध्ययनको दायरा फराकिलो बनाउन सुझाव दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com