गणतन्त्रको भात पाक्न ढिलो भो भन्दै राजतन्त्रको गोबर नखाउँ : बाबुराम भट्टराई
प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार
पूर्व प्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गदै भट्टराईले अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भर्नुपर्ने बताए ।
‘युवासँग आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ,’ डा. भट्टराईले भनेका छन्, ‘अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भरौं, नकि रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली होस् !’
उनले अगाडि भनेका छन्, ‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सौं। दुवैसँग लडेर अघि जाने साहस गरौं।’