नेपालमा थप १ हजार ७०३ जनामा कोरोना संक्रमण, २३ को मृत्यु


प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार

नेपालमा थप १ हजार ७०३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७०३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना स‌ंक्रमणमुक्त भएका छन् ।

यस्तै नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com