पूर्वराजा र राजावादीहरूले आफुलाई ‘राष्ट्रवादी’ चैं नभनून् : भट्टराई
प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार
पूर्व प्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा गणतन्त्रको जग हल्लिदाँ आउने अस्थीरताले देशको भविष्य के हुन्छ त्यसबारे सोच्न आग्रह गरेका छन् । पूर्व राजा र राजावादीलाई लक्षित गर्दै धर्मको राजनीति नेपाली जनताले बुझेका छैनन् भन्ने नठान्न चेतावनीसमेत दिएका छन् ।
शुक्रबार बिहान ट्विट गर्दै भनेका छन्, ‘पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून् ! उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्। नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून् ।’
यस्तै, गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा रहेको उनको भनाई छ ।
‘यीमध्ये कुनै एक खुट्टा भॉचिदा पूरै खाट लड्छ । यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी,एकल धर्मवादी,संघीयताविरोधीहरूले वेलैमा बुझून्। चकचके बॉदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून्!’ उनले ट्विटरमा लेखेका छन् ।