अब अमेरिकामा कोरोना संक्रमितको नजिक गएमा फोनमा नोटिफिकेशन, डाउनलोड गर्नुहोस् एप


प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार

अमेरिकामा कोरोना संक्रमण बढिरहँदा स्वास्थ्य अधिकारीहरुले सेलफोनहरुलाई समेत कोरोना संक्रमण फैलिन कम गर्ने माध्यमका रुपमा उपयोग गरेका छन् । एप्पल र गुगल फोनमा त्यस्ता नोटिफिकेशन प्राप्त गर्न सकिने भएको छ ।

यदि तपाई कोरोना संक्रमित व्यक्तिको नजिक जानुभएको थियो पछि ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टी भएको खण्डमा तपाईलाई फोनमा नोटिफिकेशन आउनेछ । स्वास्थ्य विभागका एप्लीकेशनहरुमार्फत ब्लुटुथ प्रविधिबाट तपाईको फोन कोरोना संक्रमितको नजिक पुगेको सुचित गरिनेछ ।

एप्लीकेशनले तपाईलाई सुरक्षित राख्न नसकेपनि यदि तपाई कोरोना संक्रमितको नजिक जानुभएको थियो भने सचेतना अपनाएको खण्डमा वा क्वारेन्टीनमा बसेको खण्डमा अरु फैलिनबाट भने रोक्न सक्नुहुनेछ । यी एप्लीकेशनहरु लाखौंले डाउनलोड गरिसकेको जनाइएको छ ।

केही राज्यहरुमा भने यो एप्लीकेशन उपलब्ध भइसकेको छैन । बस, ट्रेन वा बाटोमा कोरोना संक्रमित कोही व्यक्तिको नजिक गएको भएमा त्यस्तो नोटिफिकेशन प्राप्त गर्न सकिने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रयोगकर्ताले नोटिफिकेशन प्राप्त गर्नका लागि स्वीकार गरिसकेपछि ब्लुटुथको माध्यमबाट एप्लीकेशनले नजिकको फोनको कोड प्राप्त गर्छ । जब यो विशेषता प्रयोग गरेको व्यक्तिलाई कोरोना संक्रमण हुन्छ, तब उसले स्वास्थ्य अधिकारीबाट पिन प्राप्त गर्छ । पिन फोनमा हाल्नेबित्तिकै विगत दुईसातामा कम्तीमा १५ मिनेट ६ फिट भन्दा नजिक गएका सबैको फोनमा नोटिफिकेशन प्राप्त हुन्छ ।

अहिलेसम्म कम्तीमा १५ राज्यहरुले यस्तो नोटिफिकेशनको व्यवस्था गरिसकेका छन् । अलाबामा, कोलोराडो, कनेक्टिकट, डेलावर, मिसिगन, मिनेसोटा, मेरिल्याण्ड नेभाडा, न्युजर्सी, न्युयोर्क, नर्थ क्यारोलिना, नर्थ डाकोटा, पेन्सिलभेनिया, भर्जिनिया, वायोमिंग र वासिंटन डिसीमा यो व्यवस्था भइसकेको छ ।

एप्लीकेशन प्राप्त गर्न आफ्नो राज्यमा क्लीक गर्नुहोला ।

 Alabama, ColoradoConnecticutDelaware, Michigan, Minnesota, Maryland, Nevada, New Jersey, New York, North Carolina, North Dakota, Pennsylvania, Virginia, Wyoming  Washington, DC.

मेरिल्याण्डमा नोभेम्बर १० मा यो एप्लीकेशनको सुरुवात गरेदेखि १ मिलियन भन्दा धेरैले डाउनलोड गरिसकेका छन् । कोलोराडोमा पनि १ मिलियन भन्दा धेरैले डाउनलोड गरिसकेका छन् ।

विज्ञहरुले एप्लीकेशनका सबै सुचनाहरु गोप्य र अज्ञात हुने बताएका छन् । एप्लीकेशनले प्रयोगकर्ताका तथ्यांक, स्थानहरु, फोन प्रयोगकर्ताको परिचय, नाम लगायतका कुनै पनि तथ्यांक संकलन नगर्ने मेरिल्याण्डका स्वास्थ्य विभागका प्रवक्ताले बताएका छन् । फोनले नजिकको फोनलाई एक विशेष कोडमार्फतमात्र सम्झने भएकाले स्थान वा अन्य विवरणका बारेमा प्रयोगकर्ताले चिन्ता गर्नु नपर्ने कन्ट्रास पब्लिक हेल्थ कर्पका संस्थापक स्टीभ वाटर्सले बताएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com