नेपालमा थप १६१४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार

नेपालमा थप १ हजार ६ सय १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना स‌ंक्रमणमुक्त भएका छन् ।

यस्तै कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ । क्वारेन्टिनमा भने ६८० जना रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com