काठमाडौं आइपुगे भारतीय विदेश सचिव श्रींगला
प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
दक्षिणी छिमेकी भारतसँग गत वर्ष लिपुलेक, कालापानी क्षेत्रबारे विवाद चुलिएको थियो। एक वर्षसम्म चिसिएको दुई देशको सम्बन्धसुधार्न पछिल्लो समय भारतबाट विभिन्न भ्रमण भइरहेका छन्। उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ।
श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स (एआइडिआइए)ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्।