नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि, एकैदिन २८ को मृत्यु


प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार

नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४८ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७ हजार ९९८ जना स‌ंक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । क्वारेन्टिनमा भने ६६९ जना रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com