मन्त्रीदेखि सांसदसम्मलाई छाडेन कोरोनाले, यी हुन् संक्रमित ‘भीआईपी’


प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार

कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जितेका छन्।

कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसकेका छन् । संवैधानिक अङ्गका पदाधिकारी मात्र होइन नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड–१९ को सङ्क्रमणको जोखिम व्यहोरिसकेका छन् । नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म सङ्क्रमित भइसकेका छन् ।

सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ । सङ्क्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने पाँच प्रतिशतले आइसीयू तथा भेन्टिलेटर प्रयोग गर्नपर्ने हुनसक्ने अनुमान गरिएको छ । कोभिड–१९ का बिरामीलाई अस्पतालको श्ययामा राख्नु परेमा प्रतिव्यक्ति रु १५ हजार, सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गर्नुपरेमा रु सात हजार तथा आइसीयूमा भेन्टिलेटरसहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति रु १५ हजारका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ । तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को सङ्क्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा एक लाख ४५ हजार व्यक्ति थप सङ्क्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री ढकालले भने, “कुनै राजनीतिक दल, लिङ्ग, जाति, तहतप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा शत्रुका रूपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो ।” रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com