एनआरएनएमा काँग्रेसको नेतृत्व स्थापित गर्न पहल गर्ने विश्वभरका जनसम्पर्क समितिको निर्णय


प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार

विश्वभरीका नेपाली जनसम्पर्क समितीका सभापतिहरुको बैठकले सबै देशको एनआरएए एनसीसी र आगामी आइसीसी नेतृत्वमा नेपाली कांग्रेस र जनसम्पर्क समितिमा आवद्ध एवं क्रियाशील रहेकाहरुको नेतृत्व स्थापित गर्नका लागि सबैखाले पहल गर्ने निर्णय गरेको छ । विश्वका ३५ भन्दा बढी देशमा विस्तारित भैसकेको नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित आधिकारिक सङ्गठन हो।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको संयुक्त पहलमा समितिका सबै सभापतिहरुको सामुहिक बैठक सम्पन्न भएको हो । बैठक करिब ५ घण्टासम्म चलेको थियो ।

बैठकमा समितिको आगामी अधिवेशन, क्रियाशिल सदस्यता बितरण, एनआरएनए निर्बाचनमा सकृय भूमिका सहितको सहभागिता, नेपाली जनसम्पर्क समितिहरुको हक हितका साथै बिद्यमान समस्याहरुलाई नेपाली जनसम्पर्क समिती समन्वय बिभाग मार्फत पार्टीलाई अबगत गराउने, बिश्वभरीका जनसम्पर्क समिति र अध्यक्षहरुको एक्यबद्धता, बिश्व जनसम्पर्क अध्यक्ष फोरम लगायतका बिषयमा छलफल तथा निर्णय गरिएको छ । साथै संगठनभित्र आपसी एकता र मेलमिलापको बातावरणको माहोल स्रुजना गर्नेतिर पहकदमी लिने समेत गर्ने निर्णय गरिएको छ ।

जनसम्पर्क समिति अमेरिकामा सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट ।

बैठकले नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय विष्ट र पाण्डेको नेतृत्वमा ३५ वटै देशका जनसम्पर्क समितिका अध्यक्ष सहभागी हुनेगरी एक समन्वय टीम क्रियाशील गर्ने र यस्तो टीमले एनआरएनएका एनसीसी र आगामी आइसीसी नेतृत्वमा नेपाली कांग्रेस र जनसम्पर्क समितिमा आवद्ध एवं क्रियाशील रहेकाहरुको नेतृत्व स्थापित गर्नका लागि सबैखाले पहल गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यकता अनुसार विभिन्न देशमा रहेका कांग्रेस निकट एनआरएन अभियान र जनसम्पर्क समितिको विभिन्न भूमिकामा रहेकाहरुको एक बृहत कार्यदल गठन गर्न पहलकदमी लिने तथा यसका लागि पार्टीको मूल नेतृत्वसमक्ष आवश्यक समन्वय गर्नका लागि आमन्त्रित केन्द्रीय सदस्यद्वयले जिम्मेवारी लिने निर्णय गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनसम्पर्क समितिहरुको आगामी अधिवेशनका लागि क्रियाशिल सदस्यता प्राप्त नगरिसकेका देशको हकमा पार्टी सँग पहल गरी यथाशीघ्र सदस्यता उपलब्ध गराउन पहल गर्ने समेत बैठकले निर्णय गरेको छ ।

पार्टीको बिधि र बिधान बिपरीत आम शुभेच्छुकहरुलाई भ्रम सिर्जना हुने गरी आफूखुशी जनसम्पर्क समितिको नाममा यसको मर्यादा र गरीमामा समेत आंच आउने गरी खोलिएका र स्थापना गरिएको भनिएका सबैखाले कथित समितिहरुको भर्त्सना गर्ने र यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सामूहिक रुपमा आवाज बुलन्द गर्ने निर्णय समेत बठकले गरेको छ । यसका लागि सबै देशका जनसम्पर्क समितिले आआफ्नो देशको कार्यसमितीको बैठक मार्फत आवश्यक प्रकृया अघि बढाउने निर्णय गरिएको छ ।

एनआरएन र र नेपाली जनसम्पर्क समितीसँग आबद्ध र अनुभबी ब्यक्तीहरु सहभागी हुने गरी तत्काल छलफल र बैठक शुरु गर्ने निर्णय समेत गरिएको छ । नेपाली जनसम्पर्क समिति माल्टाको तदर्थ समितिलाई पार्टीबाट आधिकारिकता दिलाउन नेका आमन्त्रित केन्द्रिय सदस्यद्वयले पहलकदमी लिने निर्णय समेत भएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com