बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकको घरमा स्थानीयले लगाए आगो


प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले आगो लगाएका छन्।बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको थियो । बालिका हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा मंगलबार बिहान आक्रोशित बनेका स्थानीयले आगो लगाएका हुन् ।

अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रमा लिन सेल अश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएकी थिइन् । प्रहरीले सोमबार मध्यराति फेला झाडीमा बोरामा खाँदेको अवस्थामा खातुनको शव फेला परेको थियो ।

पक्राउ परेका साहले समेत आफुले बालिकाको हत्या गरेको स्वीकार गरेको बताइएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाईको भनाइ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com