नेपालमा थप १ हजार ९८० जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
प्रकाशित मिति : मंसिर ८, २०७७ सोमबार

नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९८० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । क्वारेन्टिनमा भने ६२९ जना रहेका छन् ।
थप १६ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।