अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको ओक्लाहोमामा दुर्घटनामा निधन


प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार

अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकी सेनामा विगत ३ बर्षदेखि कार्यरत गोरखाको शहीदलखन गाउँपालिका( ८ छापथोकका श्रेष्ठको ओक्लाहोमामा मृत्यु भएको हो ।

उनी चढेको २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को गाडीमा ठोक्किएको थियो । उनले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको जनाइएको छ ।  टाउको र शरीर भित्र गम्भीर चोट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको जनाइएको छ ।

दुर्घटनापछि पनि श्रेष्ठ झण्डै २५ मिनेटसम्म गाडीभित्रै रहेका थिए । दुर्घटना हिजो विहान भएको जनाइएको छ । उनी अमेरिकाको कन्सासको जङसन सिटीमा मा बस्दै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रेष्ठ विगत पाँच वर्ष अघि अध्ययनका लागि अमेरिका आएका थिए । उनी सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएको जनाइएको छ । अविवाहित श्रेष्ठको परिवारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एउटा भाइ छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com