नेपालमा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार
नेपालमा थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६६९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ । क्वारेन्टिनमा भने ६८६ जना रहेका छन् ।
नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।