KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

अमेरिकामा एकैदिनमा संक्रमितको संख्या झण्डै २ लाख

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार

अमेरिकामा शुक्रबार एकैदिनमा संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ । थ्यांक्सगिभिङ सुरु हुन एकसाता पनि बाँकी नहरँदा दैनिक संक्रमणदर अहिलेसम्मकै उच्च भएको हो । शुक्रबार १ लाख ९५ हजार ५ सयभन्दा धेरैमा संक्रमण पुष्टी भएको थियो ।

अहिले अमेरिकामा ८२ हजार १ सय भन्दा धेरै अस्पतालमा भर्ना भएका छन् । जुन कोरोना महामारीको कुनै पनि बिन्दुको तुलनामा सबैभन्दा धेरै हो । अमेरिकामा राष्ट्रपति चुनावपछि कोरोना संक्रमणदर निकै डरलाग्दो तरिकाले बढिरहेको छ ।

शुक्रबारमात्र अमेरिकामा १८ सयभन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । मंगलबारदेखि अमेरिकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या दैनिक १५ सय नाघेको छ । यति धेरै मृत्युदर मे महिनापछि पहिलोपटक बिहिबार देखिएको हो । बिहिबार २ हजार भन्दा धेरैको मृत्यु भएको थियो ।

अमेरिकामा अहिलेसम्म १ करोड २३ लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेहरुको संख्या २ लाख ६० हजार नाघिसकेको छ । अमेरिकामा चिसो मौषम बढ्दै जाँदा संक्रमणदर र मृत्युदर अझै बढ्ने अनुमान गरिएको छ । अबको दुईमहिना एकदमै कठिन हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

भ्याक्सिन प्रयोगको अनुमतिका लागि आवेदन

अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायो एनटेकसँग मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि शुक्रबार अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीए समक्ष आवेदन दिएको छ । यो संगै कोरोनाबिरुद्ध लड्न फाइजरको भ्याक्सिन डिसेम्बरका अमेरिकामा उपलब्ध हुने संकेत मिलेको छ । फाइजरको भ्याक्सिनको अन्तिम परीक्षण सफल भएपछि प्रयोगको स्वीकृतिका लागि आवेदन दिइएको हो ।

फाइजरका सीईओले यसबारे जानकारी दिंदै अब प्रयोगका लागि स्वीकृतिको अनुरोध एफडीएको हातमा पुगेको बताएका छन् । उनले  विज्ञान र सबैका लागि ऐतिहासिक दिन भएको बताएका छन् ।

एफडीएले स्वीकृत गर्न केहीसाता लगाउने अनुमान गरिएको छ । एफडीएका वैज्ञानिकहरुले भ्याक्सिन सुरक्षित र प्रभावकारी भए नभएको बारे निष्कर्ष निकाल्नेछन् । स्वीकृत भएमा प्राथमिकताका आधारमा अमेरिकामा भ्याक्सिन वितरण सुरु गरिनेछ । सुरुमा स्वास्थ्कर्मी, बृद्धबृद्धा र स्वास्थ्य समस्या भएकाहरुलाई भ्याक्सिन दिइने जनाइएको छ । त्यसपछि अत्यावश्यक कामदार, शिक्षक, होमलेस र कैदीबन्दीहरुलाई दिइनेछ । तेश्रो चरणमा बयस्क र बालबालिकाहरुलाई दिइनेछ ।

फाइजरको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको अन्तिम निष्कर्ष निकालिएको छ । बुधबार कम्पनीले तेश्रो चरणको परीक्षणको अन्तिम तथ्यांक विश्लेषण सार्वजनिक गरेको थियो ।

एफडीएको स्वीकृति पछि यो भ्याक्सिन एफडीए स्वीकृत पहिलो कोरोनाबिरुद्धको भ्याक्सिन हुनेछ । स्वीकृत भएमा यो भ्याक्सिनले आगामी डिसेम्बरमा रातारात करोडौं डोज भ्याक्सिन सप्लाई गर्ने योजना बनाएको छ ।

गतसातामात्र प्रारम्भिक विश्लेषणमा यो भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको थियो । ४३ हजार स्वयंसेवकहरुमा गरिएको परीक्षणपछि यस्तो निष्कर्ष निकालिएको थियो । सहभागीमध्ये सुरुमा ९४ जनामा र पछि कुल १७० जनामा कोरोनाको लक्षण देखिएको थियो ।

१७० मध्ये १६२ जनामा सलाइन शटमात्र दिइएको थियो भने वास्तविक भ्याक्सिन दिइएका ८ जना पनि संक्रमित भएका थिए । यसको अर्थ फाइजर भ्याक्सिन लक्षणयुक्त कोरोना संक्रमण रोक्नमा औषतमा ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

भ्याक्सिन कतिलामोसमयसम्म प्रभावकारी हुन्छ भने निर्धारण गर्न स्वयंसेवकहरुलाई २ बर्षसम्म फ्लो गरिनेछ । यसअगाडि अमेरिकन कम्पनी मोडेर्नाको प्रारम्भिक तथ्यांक विश्लेषणमा ९४ दशमलव ५ प्रतिशत सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालिएको थियो ।

भ्याक्सिनको दुईमहिनाको सुरक्षा तथ्यांक हेरेर एफडीएले आपतकालिन प्रयोगका लागि स्वीकृति दिनसक्नेछ । एफडीएले फाइजरको आवेदनपछि विज्ञहरुको सुझाव लिनेछ । र, विज्ञहरुको सुझावका आधारमा भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिने वा नदिने निर्धारण गर्नेछ ।

फाइजरको भ्याक्सिन स्वीकृत भएमा भने वितरणमा केहीसमस्या आउनसक्ने जनाइएको छ । किनभने यो भ्याक्सिनलाई माइनस ९४ डिग्रि फरेनहाइट चिसो तापक्रममा राख्नुपर्छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकमा यो भ्याक्सिन सबै जाती र संजाती समुहहरुमा प्रभावकारी रहेको पाइएको छ । साथै ६५ बर्षभन्दा माथिकाहरुमा यो भ्याक्सिन ९४ प्रतिशतभन्दा माथि प्रभावकारी देखिएको छ ।

फाइजर र बायो एनटेकले युरोपमा वितरणका लागि युरोपियन मेडिसिन एजेन्सीसँग पनि स्वीकृतिका लागि आवेदन दिने भएको छ । फाइजरले सन् २०२० भित्रै ५० मिलियन भ्याक्सिन उत्पादन गर्नसक्ने बताएको छ । जुन २५ मिलियनलाई दिन प्रयाप्त हुनेछ । यो भ्याक्सिन हरेकलाई २ शट दिनुपर्छ । आगामीबर्षसम्म फाइजरले १ दशमलव ३ बिलियन भ्याक्सिनका डोज उत्पादन गर्नसक्ने जनाइएको छ ।

 

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com