नेपालमा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार

नेपालमा थप १ हजार ६७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ८०५ जनाको
परिक्षणमा १ हजार ६७४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९३ हजार ३२५ जना स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । क्वारेन्टिनमा भने ७५७ जना रहेका छन् ।

यस्तै नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com