अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै न्युयोर्कमा छठ (फोटो फिचर)


प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार

अमेरिकामा बस्ने नेपाली तराईबासीहरुले पनि शुक्रबार पर्व छठ मनाए । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी छठ पर्व मनाइयो ।

अमेरिकामा रहेका नेपालीहरुले घरमै पोखरीमा छठपर्व मनाएका हुन् । छठमा कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने प्रचलन छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

न्युयोर्कमा हरेक बर्ष डाक्टर विनोद शाहको घरमा ठूलो जमघटका साथ विशेष छठपूजा गरिदै आएकोमा यो बर्ष कोरोनाको महामारीका कारण थोरै संख्यामा जम्मा भएर छठ मनाइएको थियो । डाक्टर विनोद शाह र उहाँकी पत्नी सुजाता शाहले विगत केही वर्षदेखि न्युयोर्कमा छठपूजाको आयोजना गर्दै आउनुभएको छ ।

फोटो : रविन्द्र शाह

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com