न्युयोर्कमा नेपालीको सहभागितामा अन्य समुदायलाई पनि खाद्यान्न वितरण गरिदै


प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार

रोटरी क्लब अफ न्युयोर्क क्वीन्स र हामी नेपाली ग्लोबल संस्थाको पहलमा स्थानीय सरकारसँगको सहकार्यमा न्युयोर्कको फ्लसिङ कलेज प्वाइन्टमा खाद्य सामाग्री वितरण गरिएको छ । हरेकलाई तरकारी, दुध, चिकेन, चीज, दही र एगमिल्कसहितको १८ पाउण्ड तौल भएको ४७ डलर मूल्य पर्ने बक्स वितरण गरिएको हो ।

यस्ता १ सय २० वटा बक्स खाद्य सामाग्री वितरण गरिएको हो । स्थानीय सरकारका कम्युनिटी बोर्ड सदस्य नवराज केसीको सहभागितामा रोटरी क्लब अफ न्युयोर्क क्वीन्स र हामी नेपाली ग्लोबलका प्रतिनिधिहरु गुरू पराजुली, लोकनाथ सिग्देल, योगेन्द्र अधिकारी, राजेश बस्नेत, राजेश कुमार दर्जी लगायतको सहभागितामा खाद्य सामाग्री वितरण गरियो ।

कलेज प्वाइन्ट स्थित मैन्गु रेष्टुरेण्टका संचालक रोबर्ट र सहयोगी माइकल नेबर र एन्डी चेनको पनि सहभागिता थियो । साथै ताराकिशन फाउण्डेसनकी संरक्षक तारा धामीको पनि सहभागिता थियो ।

स्थानीय होटल ब्यवसायी रोबर्टले प्रत्येक हप्ता यस्तो स्थानिय सरकारसँगको सहकार्य निकै प्रभावकारी र लाभदायक भएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com