नगरप्रमुखलाई छाडेर संक्रमित बोक्दै चालक


प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार

कोरोना कहरमा शुरुको समय अत्यन्तै कठिन थियो । कोरोना सङ्क्रमित मात्रै होइन, कोरोनाको आशङ्का गरिएकालाई समेत अस्पताल ल्याउन एम्बुलेन्स चालकले नमानेको अवस्था थियो । नेपालकै छैटौँ सङ्क्रमितका रूपमा रहेका बागलुङ नगरपालिका–३ का ६५ वर्षीय महिलालाई लिन गत चैत दोस्रो हप्ता अस्पतालबाट हिँड्न थालेको रेडक्रसको एम्बुलेन्स चालक नै फरार भएपछि स्वास्थ्य कार्यालयका सवारी चालकले सङ्क्रमितलाई अस्पताल ल्याएका थिए ।

यस्तो घटना पुनः काठेखोला गाउँपालिका–५ मा आरडिटी पोजेटिभ देखिएका एक महिलालाई बोक्न रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स चालक मानेनन् । शुरुमा केही असहज परिस्थितिमा एम्बुलेन्स चालक सङ्क्रमित बोक्न नमानेपछि नेपाल रेडक्रस सोसाइटी बिहुँ शाखा र पैयुपाटा स्वास्थ्यचौकीको एम्बुलेन्सले कोरोना सङ्क्रमित बोक्न थालियो । यद्यपि चालकको अभावै खड्किएपछि बागलुङ नगरपालिकाका हलुका सवारी चालक कमल कार्कीलाई मानवीय भावना पैदा हुन थाल्यो र स्वतःस्फूर्तरूपमा कोरोना सङ्क्रमितलाई बोक्न थाले ।

गत चैत महिनाको पहिलो सातासम्म बागलुङ नगरपालिकाका प्रमुखको सवारी चलाउँदै आएका काठेखोला गाउँपालिका–७ रेशका ४० वर्षीय कार्कीले नगरपालिकाकै अर्का सवारी चालकलाई नगरप्रमुखको सवारी चलाउन दिएर आफूले सङ्क्रमितलाई एम्बुलेन्समा बोक्दै आए । अन्य समयमा नगरपालिकाको अर्को सवारीमा स्वाब सङ्कलनमा जाने स्वास्थ्यकर्मी बोक्दै आएका थिए । सत्र वर्षदेखि नगरपालिकामा काम गर्दै आएका कार्कीले १४ वर्षदेखि नगरपालिकाको शुरुमा कार्यकारी अधिकृतको सवारी र पछिल्लो समय नगरप्रमुखको सवारी चलाउँदै आए पनि गत चैतदेखि उनले एम्बुलेन्स र नगर स्वास्थ्यकर्मीको सवारी चलाउँदै आएका छन् । अहिलेसम्म १८० सङ्क्रमित र दुई सङ्क्रमितको शव एम्बुलेन्समा बोकिसकेको चालक कार्कीले बताए ।

“शुरुमा एम्बुलेन्स चालक सङ्क्रमित बोक्न नमानेको कुरा मैले सुनेको थिएँ, सङ्क्रमितले चालक नपाएर दुःख पाएको थाहा पाएपछि मेयर’सापको सवारी चलाउँदै आएको म एकाएक एम्बुलेन्स चलाउन थालेँ”, सवारी चालक कार्कीले भने, “आखिर चालकले सवारी नै चलाउने हो, सङ्कटमा मानवीय सेवा गर्नुपर्छ भन्ने कुरा मनमा आएपछि सङ्क्रमित बोक्न थालेको हुँ ।” नगरपालिकाको चालक रहेका कार्कीले नगरपालिकाको स्वास्थ्य शाखाको सवारीसमेत चलाउँदै आएका छन् । उनले नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब सङ्कलन गर्न जाने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा खाना पुर्याउनका लागिसमेत नगरपालिकाको सवारी चलाउँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सङ्क्रमित बोक्नेबाहेक मैले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँमा पुर्याउने काम गर्दै आएको छु”, कार्कीले भने, “आफू सुरक्षित भएर सङ्क्रमित बोक्दा सङ्क्रमण सर्ने जोखिम हुँदैन”, पिपिइको प्रयोग गरेर सङ्क्रमित बोक्दा सङ्क्रमण नसर्ने भएकाले अन्य चालकलाई समेत नडराउन उनी सुझाव दिन्छन् । उनले नगरपालिकाको चालकले पाउने तलब भत्ताबाहेक अग्रमोर्चामा खटिने जोखिम भत्ता र सङ्क्रमित बोकेको भत्तासमेत पाउँदै आक्एा छन्। एकपटक सङ्क्रमित बोकेमा बागलुङ नगरपालिकाले रु दुई हजार ५०० दिँदै आएको कार्कीले बताए ।

अन्य समयभन्दा पिपिइ लगाएर सवारी चलाउँदा निकै समस्या हुने कार्कीको अनुभव छ । उनले बलेवाको अमलाचौर, भकुण्डे, पैयुपाटा, बिहुँसम्म पुगेर सङ्क्रमितलाई एम्बुलेन्समार्फत धवलागिरि अस्पताल ल्याउँदै आएका छन् । निकै जोखिमपूर्ण काम रहेको भन्दै एम्बुलेन्स चालकले हात धोएको समयमा आफूले जागिरभन्दा पनि सङ्कटमा मानवीय सेवा र दायित्व सम्झेर सहयोग मात्रै गरेको कार्कीको भनाइ छ । “धेरैबेर पिपिइ लगाएर सवारी चलाउन निकै समस्या हुन्छ, दिसापिसाबसमेत रोकेर राख्नुपर्ने हुन्छ”, उनले भने, “जागिर मात्रै खाने भए त मलाई कुनै दुःख गर्नुपर्ने थिएन, सरर।।। एसी गाडीमा मेयर’सापलाई बोक्दा सहजै हुन्थ्यो, तर सङ्कटको घडीमा केही सेवा गरौँ भन्ने लागेर एम्बुलेन्स चालक भएँ ।”

एउटै एम्बुलेन्समा आठ जनासम्म कोरोना सङ्क्रमित एकैपटक बोकेको अनुभवसमेत कार्कीसँग छ । बागलुङ जिल्लाको अन्य स्थानीय तहमा भन्दा बागलुङ नगरपालिकामा धेरै सङ्क्रमित भएका कारण आफूले जिल्लामै सबैभन्दा बढी सङ्क्रमित बोकेको उनको भनाइ छ । शुरुमा गाउँबाट समेत सङ्क्रमितलाई जिल्ला सदरमुकामस्थित धवलागिरि अस्पतालमा उपचारका लागि ल्याउनपर्ने भएकाले आफूले धेरै सङ्क्रमित बोक्ने अवसर पाएको उनको भनाइ छ । अहिलेसम्म सुरक्षित भएर एम्बुलेन्स चलाएका कारण आफूलाई कोरोना सङ्क्रमण नभएको उनको भनाइ छ ।

परिवारसँग छुट्टै बस्नुको पीडा

सङ्क्रमित बोक्न थालेपछि कार्की अधिकांश समय परिवारबाट अलग्गै बस्दै आएका छन् । सङ्क्रमित बोकेको अवस्था र सङ्क्रमणको जोखिम लागेमा नगरपालिकाको स्वास्थ्य शाखामै बस्दै आएका कार्की पिसीआर रिपोर्टका आधारमा मात्रै परिवारसँग बस्दै आएका छन् । “चैतदेखि यता धेरै समय परिवारसँगै छुट्टै बस्दै आएको छु”, कार्कीले भने, “आफूलाई लागिहाले पनि परिवारलाई नसरोस् भन्नका लागि अधिकांश समय छुट्टै बस्दै आएको छु ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com