जीवा लामिछानेको ‘देश देशावर’ सार्वजनिक, अमेरिका र क्यानडामा अनलाइनमार्फत अर्डर गर्न सकिने


प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार

लेखक जीवा लामिछानेको नियात्रासङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ ।

कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत अक्षरमार्फत संसार घुमाउने यो पुस्तक सार्वजनिक गरिएको हो ।

‘देश देशावर’ मा अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि उल्लेख छ । जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पु्स्तक उपयोगी हुन सक्ने लेखक लामिछानेले बताए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अमेरिका र क्यानडामा बस्ने पाठकहरुले अनलाइनमार्फत पुस्तक अर्डर गर्न सक्नेछन् । अमेरिका र क्यानडामा माइनेपसमार्फत अर्डर गर्नेहरुका लागि पुस्तकको मूल्य १६ अमेरिकी डलर ९९ सेन्टस रहेको छ ।

अमेरिकामा र क्यानडामा बस्नेले पुस्तक प्राप्त गर्न यहाँ क्लीक गर्नुहोला ।

सफलताको कथा : इन्जिनियर बन्ने सपना बोकेर रसिया गएका जीवा बने सफल विजनेशम्यान

 

‘अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ ।’-  पुस्तकको परिचयमा भनिएको छ ।

‘आइसल्यान्डको सुन्दर भूगोल होस् या बर्मुडा ट्र्याङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित दृश्यपरिदृश्यले पाठकलाई ब्याकप्याक बोकेर ती ठाउँको भ्रमणमा जाऊँजाऊँ बनाउँछन् । सँगै जातीय युद्धको विभीषिकाबाट गुज्रिएको रूवान्डा र राष्ट्रवादको फेरो समातेर तानाशाही टिकाएको इदी अमिनको युगान्डाले आफ्नो बिद्रुप इतिहासबाट माथि उठेर जसरी विकासको बाटो हिँडे, नेपालले पनि समृद्धिको बाटो समात्न सक्छ है भन्ने आशा पनि देखाउँछ ।’ – पुस्तकको परिचयमा थप उल्लेख गरिएको छ ।

पुस्तक परिचयमा अझ अगाडि भनिएको छ – ‘पुस्तकमा लेखकले कहिले विभिन्न देशका विशिष्टतासँग आफ्नो देशको स्थिति तुलना गर्छन् त कहिले हामीले पनि यस्तै गर्न पाए भनेर सपना देख्छन् । विश्वका अनेक भाषा, परम्परा, संस्कृति र दृश्यको स्वाद चखाउँदै तीसँग जोडिएका अनुभूतिलाई पनि सूक्ष्म रुपले अभिव्यञ्जित गर्छन् ।’

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यवसायमा २५ वर्षभन्दा लामो समयदेखि आबद्ध जीवा लामिछाने गैरआवासीय नेपाली सङ्घ एनआरएनएका संस्थापक सदस्य हुन् । एनआरएनएका पूर्वअध्यक्षसमेत रहेका उनले मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।

मस्कोबाटै व्यावसायिक यात्रा थालेका उनी सन् २०११ मा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद् सदस्यमा समेत नियुक्त भएका थिए । अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार परिषद्मा आबद्ध छन् ।

नेपाली र नेपाली डायस्पोराको क्षेत्रमा पु¥याएको योगदानका लागि उनी नेपाल सरकारले प्रदान गर्ने प्रबल जनसेवाश्रीबाट विभूषित छन् । यात्रा गर्ने र त्यसलाई लिपिबद्ध गर्न रूचाउने लामिछानेले संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com