‘कोरोना सङ्क्रमितलाई विभेद नगरौँ ’


प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार

कोरोना सङ्क्रमणले एकखालको विभेद निम्त्याएको छ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बिरामीले सामाजिक विभेदको शिकार बन्नुपरेको घटना बाहिरिन थालेका छन् । स्वास्थ्य सतर्कता र भौतिक दूरी कायम गर्ने नाउँमा सङ्क्रमितलाई एक्लोपन महसुस गराउने तथा सामाजिकरूप मै बहिस्कृत गर्ने खालका व्यवहारसमेत भोग्नुपरेको कोरोना जितेकाको दुखेसो छ ।

महेन्द्रनगरस्थित पाण्डेय किराना पसलका सञ्चालक हरिप्रसाद पाण्डेय करिब डेढ महिनाअघि कोरोना सङ्क्रमित भए । व्यापारमा खटिरहने उनलाई लक्षणबिनाको कोरोना पुष्टि भएको थियो । उनी रोग निको भएको डेढ महिना बितिसक्दा पनि व्यापार पुरानो अवस्था फर्किन नसकेको अनुभव सुनाउँछन् ।

“चार दिन अस्पताल बसाइपछि १४ दिन होमआइशोलेसन बसेर कोरोना जितियो”, उनले भने, “निको भएर आउँदा मानिस बोल्नै डराउने, समाजमा के–के न बिगारेको जस्तो व्यवहार पाएँ ।” दाजुभाइ नै किराना व्यापारमा लागेका उनीहरुले सङ्क्रमण देखिएको दुई दिन पसल नै बन्द गर्नुपरेको बताउँछन् ।

“दाइलाई कोरोना नेगेटिभ देखिएपछि मात्रै ग्राहकहरु आउन थाले”, पाण्डेयले भने, “त्यो बेला झण्डै ९५ प्रतिशत ग्राहक पसलमा आउनै छाडेका थिए ।” उनले आफूलाई सङ्क्रमण हुँदा व्यापारमा समेत नोक्सानी व्यहोर्नुपरेको बताए । “कोरोना उच्च मनोबलले जितिन्छ त भनेँ तर यहाँ ढाडसभन्दा तिस्कृतजस्तो अनुभव भयो”, उनले भने, “अहिले भने विभेद मत्थर हुँदै गएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सङ्क्रमितलाई विभेद र दुव्यर्वहार समाजमा भइरहेको गुनासो आउने गरेको बताए । “सङ्क्रमित हुँदा तिनका परिवारले नियमितरूपमा खरिद गर्ने गरेको दूधसमेत नपाएका घटना पनि सुनिए ।” जोशीले भने, “कोभिडको शुरुआतदेखि नै विभेद शुरु भएको थियो ।”

उनले निर्देशनालयका लिखित उजुरी नआएपछि गुनासाहरु आउने गरेको बताए । “सङ्क्रमण पुष्टि भएपछि स्वयं स्वास्थ्यकर्मीले पनि विभेद सामना गर्नुपरेका धेरै घटना छन्”, उनले भने, “सामाजिक दूरी कायम गर्ने कुरो छुट्टै हो, तर विभेद गर्नु राम्रो होइन ।”

सुदूरपश्चिममा १० हजारभन्दा बढी सङ्क्रमित रहे पनि आठ हजार निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ । त्यसैगरी महेन्द्रनगरका पत्रकार सुरेश धामी कोरोना सङ्क्रमणबारे समाजमा अझै सचेतनाका कार्यक्रम लागू पर्नुपर्ने बताउँछन् ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि १८ दिन धनगढीस्थित कोरोना अस्पताल बसेर निको भएर फर्किएका उनले सङ्क्रमण निको भइसकेपछि पनि एकखालको त्रास रहेको जानकारी दिए । “सङ्क्रमण निको भइसकेको व्यक्तिसित दूरी कायम गर्ने कुराबारे पनि स्पष्ट जानकारी भएन”, उनले भने, “कोरोनाका बारेमा गलत अपवाह फैलाउनु ठिक होइन ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com