नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार
नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।
नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७३१ जनाको परिक्षणमा १ हजार ४४२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यो नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
नेपालमा हाल संक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । क्वारेन्टिनमा भने ९१० जना रहेका छन् ।






