कोरोना संक्रमण भएको कैयन दिनसम्म आउनसक्छ नेगेटिभ रिपोर्ट


प्रकाशित मिति : मंसिर १, २०७७ सोमबार

यदि तपाईको कोरोना परीक्षणको रिपोर्ट एकपटकमा नेगेटिभ आयो भने पनि तपाई संक्रमण नभएको भनेर ढुक्क हुनसक्ने अवस्था नरहने चिकित्सकहरुले बताएका छन् । अमेरिकाकी इमर्जेन्सी मेडिसिन फिजिसियन डाक्टर लिना वेनले कोरोनाको भाइरस सरेको १४ दिनसम्म पनि नेगेटिभ रिपोर्ट आउनसक्ने बताएकी छिन् ।

कोरोनाको उष्मायन अवधि १४ दिनसम्म भएकाले कसैलाई कोरोना भाइरस सरेपनि परीक्षण गर्दा १४ दिनसम्म नेगेटिभ रिपोर्ट आउनसक्ने र कुनै लक्षण समेत नदेखिएको हुनसक्ने उनको भनाई छ । तर यस्तो अवधिमा समेत व्यक्तिले कोरोना अर्को व्यक्तिमा सार्नसक्ने जनाइएको छ ।

चिकित्सकका अनुशार यदि हिजो कोही व्यक्ति संक्रमित भएको छ भने आजै त्यसको रिपोर्ट पोजेटिभ नआउनसक्छ । मेडिकल जर्नलमा प्रकाशित एउटा रिपोर्ट अनुशार कोरोना संक्रमित कैयन व्यक्तिको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ । अध्ययनमा कोरोना भाइरस सरेको ४ दिनसम्म वा लक्षण देखिनुभन्दा ४ दिन अगाडिसम्म रिपोर्ट नेगेटिभ आउने गरेको पाइएको छ । सरेकै दिनको शतप्रतिशत नेगेटिभ आएको रिपोर्टमा उल्लेख छ ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

व्यक्तिमा लक्षण देखिन थालेपछि भने नेगेटिभ रिपोर्ट आउने प्रतिशत ३८ प्रतिशतमा झरेको जनाइएको छ । लक्षण देखिएको २ दिनपछि परीक्षण गर्दा २० प्रतिशतमा मात्र नेगेटिभ देखिएको गलत रिपोर्ट आएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाइरस शरिरमा प्रवेश गरेदेखि परीक्षणमा देखिनेसम्मको अवस्था आउनका लागि केहीदिनसम्म लाग्ने उक्त अध्ययनका बरिष्ठ लेखक तथा जोन हप्किन्सका एसोसिएट प्रोफेसर डाक्टर जस्टिन लेस्लरले बताएका छन् । कोरोना भाइरस सरेको कतिदिनपछि पोजेटिभ देखिन्छ भन्ने सन्दर्भमा कुनै नियम छैन तर सरेको तीनदिनभित्रको परीक्षण खासमा अर्थपूर्ण नहुने डाक्टर जस्टिन लेस्लरको भनाई छ ।

पहिलोपटक परीक्षण गर्दा नेगेटिभ देखिदैमा व्यक्तिले आफू खतरामुक्त रहेको सोंच्न नहुने मासाचुसेट्स जनरल अस्पतालका सरुवा रोग विभागका चिकित्सक रोशेल वालेन्सीले बताएकी छिन् । उनले संक्रमण भएको औषत ५ दिनमा लक्षण देखिने भएपनि कसैकसैलाई लक्षण देखिन १४ दिनसम्म लाग्ने बताइन् ।

अमेरिकाको सीडीसीले ४० प्रतिशत संक्रमितमा लक्षण नदेखिने बताएको छ भने ५० प्रतिशत संक्रमण लक्षण सुरु हुनुभन्दा अगाडि नै हुने गरेको छ ।

पीसीआर लगायतका मोलिक्युलर टेस्ट गर्दा नाकबाट वा घाँटीबाट स्वाब संकलन गरिन्छ । कहिलेकाँही यो परीक्षणमा र्यालको समेत प्रयोग गरिन्छ । यो परीक्षणको नतिजा प्राय सही आउने र दोहोराएर परीक्षण गर्न पर्ने अवस्था कम हुने बताइन्छ ।

तर र्यापिड टेस्टका रुपमा चिनिने एन्टीजेन परीक्षण कहिलेकाँही सही नहुने बताइन्छ । यो परीक्षणबाट एकघण्टामै नतिजा आउनसक्छ । कहिलेकाँही मोलिक्युलर परीक्षण पनि र्यापिड टेस्टका रुपमा गरेको पाइन्छ । यी विधिबाट परीक्षण गर्दा पोजेटिभ परिणाम आएमा विश्वास गर्न र नेगेटिभ आएमा पुन परीक्षण गराउन एफडीएले सुझाव दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com