नेपालमा थप १ हजार १९७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्युु


प्रकाशित मिति : मंसिर १, २०७७ सोमबार

नेपालमा थप १ हजार १९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १९७ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ७६ हजार ३६४ जना स‌ंक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ । क्वारेन्टिनमा भने १०१३ जना रहेका छन् ।

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com