अमेरिकामा कोरोना संक्रमितको संख्या ११ मिलियन, न्युयोर्कसिटीमा विद्यालय भोलि पनि खुल्ने


प्रकाशित मिति : कार्तिक ३०, २०७७ आईतबार

अमेरिकामा आइतबारसम्म कोरोना संक्रमितको संख्या ११ मिलियन नाघेको छ । थ्यांक्सगिभिङ नजिकिदै गर्दा कोरोना संक्रमितको संख्या बढेपछि चाडवाड कसरी मनाउने भन्ने सन्दर्भमा मापदण्डहरु घोषणा गरिएको छ ।

अमेरिकामा १ मिलियन संक्रमितको संख्या विगत एकसातामामात्रै पुष्टी भएको हो । विगत ७ दिनदेखि अमेरिकामा संक्रमितको संख्या १ लाखभन्दा बढी पुष्टी हुँदै आएको छ । मोन्टाना, न्यु ह्याम्पशायर, मेरिल्याण्ड, कोलोराडो लगायतका दर्जन बढी राज्यमा संक्रमित संख्यामा शनिबार पनि नयाँ रेकर्ड कायम भएको छ ।

वासिंटन राज्यका गभर्नरले सोमबारदेखि लागु हुनेगरी डिसेम्बर १४ सम्मका लागि रेष्टुरेण्टहरुभित्र खानाखानमा रोक लगाएका छन् । जिम र फिटनेश सेन्टरहरु पनि पूर्णरुपमा बन्दको घोषणा गरिएका छन् । इलिनोयले यस्तै घोषणा गरे लगत्तै वासिंटन राज्यको घोषणा आएको हो । शिकागोमा सोमबारदेखि लागु हुनेगरी ३० दिनसम्म घरभित्रै बस्न आदेश दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा राती १० बजेपछि रेष्टुरेण्टहरु बन्द गरिएको छ भने १० जनाभन्दा बढीको भोजभतेर गर्नमा रोक लगाइएको छ । तर न्युयोर्क सिटीका विद्यालयहरु भने सोमबार पनि खुल्ने भएका छन् । न्युयोर्कमा साप्ताहिक संक्रमणदर तीन प्रतिशतभन्दा कम रहेकाले विद्यालयहरु सोमबार पनि खुल्नेछन् ।

विद्यालय बन्द हुनका लागि न्युयोर्कमा संक्रमणदर ३ प्रतिशतभन्दा माथि हुनुपर्ने तय गरिएको छ । न्युयोर्कमा राज्यभरको संक्रमण दर २ दशमलव ४५ प्रतिशत रहेको छ ।

न्युयोर्क सिटीको बु्रकलिनमा सातदिनको औषत संक्रमण दर ३ दशमलव ९२ प्रतिशत रहेको छ । क्वीन्समा औषत संक्रमणदर ३ दमलव ४८ प्रतिशत रहेको छ । न्युयोर्कमा संक्रमणदर केही दिन यता बढ्दै गएको छ ।

शनिबार न्युयोर्कमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भयो भने न्युयोर्कमा अहिलेसम्म मृतकको संख्या २६ हजार १ सय ३३ नाघेको छ । अमेरिकाका अन्य राज्यको तुलनामा जुन सबैभन्दा धेरै हो । अमेरिकाभर मृतकको संख्या २ लाख ४५ हजार नाघेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com