अमेरिकामा शुक्रबार संक्रमित हुनेको संख्या महामारी सुरु भएयताकै धेरै


प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार

अमेरिकामा शुक्रबार कोरोना संक्रमित हुनेको संख्या महामारी सुरु भएयताकै एकदिनको सबैभन्दा धेरै रहेको छ । शुक्रबारमात्र अमेरिकामा १ लाख ८४ हजारलाई संक्रमण पुष्टी भएको थियो । अस्पतालमा भर्ना भएकाहरुको संख्या शुक्रबार ६८ हजारभन्दा धेरै रहेको छ । औषतमा हरेक दिन ११ सय भन्दा धेरैले ज्यान गुमाएका छन् ।

मासाचुसेट्सका गभर्नर चार्ली बेकरले २४० शैयाको नयाँ फिल्ड अस्पतालको पुन स्थापनाको घोषणा गरेका छन् । सुरुमा कोरोनाको महामारी चर्को बनेको बेलामा मासाचुसेट्समा फिल्ड अस्पतालको निर्माण गरिएको थियो । अहिले प्राय हरेक राज्यमा संक्रमितको संख्या बढ्दो रहेको छ ।

अहिलेसम्म २८ वटा राज्यहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम ल्याएका छन् । जबकी १० वटा राज्यहरुमा अहिलेसम्म पनि मास्क अनिवार्य गरिएको छैन । आइदायोमा मास्क अनिवार्य छैन, गभर्नरले त्यहाँका बासिन्दाहरुलाई कमन सेन्सको प्रयोग गर्न सुझाव दिएका छन् । उनले मास्क लगाउने कुरा व्यक्तिगत उत्तरदायीत्व भएको र आसपासमा अरु व्यक्ति भएको खण्डमा मास्क लगाउनुपर्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै ओरेगनका गभर्नरले दुईसातासम्मका लागि जमघट लगायतका गतिविधिमा रोक लगाएका छन् । त्यहाँ कार्यालयहरु सर्वसाधारणका लागि बन्द गर्न र घरबाटै काम गर्न भनिएको छ । जिम, संग्राहालय, बगैचा र चिडियाखानाहरु पनि बन्द गरिएका छन् ।

शुक्रबार राती नर्थ डाकोटाका गभर्नरले मास्क अनिवार्यको नियम घोषणा गरेका छन् । अहिले नर्थ डाकोटामा संक्रमण दर अमेरिकाका सबै राज्यहरुको तुलनामा उच्च रहेको छ । न्युयोर्क सिटीमा सोमबारदेखि विद्यालयहरु बन्द हुनसक्ने जनाइएको छ । मेयर बिल ब्लाजिओले यसबारे अभिभावकहरुलाई सावधानी अपनाउन भनेका छन् । युटाहमा कोरोनाको महामारी बढेपछि आईसीयु बेडहरु भरिएका छन् ।

अमेरिकाभरको बढ्दो संक्रमणदरका कारण जनवरीमा महामारी उच्च तहमा पुग्ने अनुमान गरिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कोरोना भाइरस सल्लाहकार बोर्डका सदस्य डाक्टर माइकल ओस्टरहोल्मले दैनिक संक्रमणदर २ लाखसम्म पुग्ने चेतावनी दिएका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनबारे आशा व्यक्त गर्दै अबको केहीसातामा भ्याक्सिनको प्रयोगका लागि अनुमति दिइने बताएका छन् । फाइजरको प्रारम्भिक तथ्यांक हेर्दा ९० प्रतिशतभन्दा बढी सुरक्षित र प्रभावकारी देखिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com