पाकिस्तानमा बलात्कार सम्वन्धी दैनिक ११ घटना


प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार

पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ । पछिल्लो छ बर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले जनाएका छन् ।

ती मध्ये ७७ ओटा अर्थात् ०.३ प्रतिशत घटनामा मात्रै मेलमिलाप भएको जिओ न्युले समाचार सम्प्रेषण गरेको छ । यो विवरण पाकिस्तानको प्रहरी, कानुन तथा न्याय आयोग, मानवअधिकार आयोगलगायतका निकायहरुले तयार पारेका हुन् ।

प्रहरीका अनुसार ४१ प्रतिशत घटना मात्रै दर्ता हुने गरेका छन् । सामाजिक अवस्था र पारिवारीक कारणले गर्दा बलात्कार सम्वन्धी घटना सार्वजनिक नहुने र दर्ता पनि नहुने गरेको प्रहरी अधिकारीहरुको अनुभव छ ।

सामाजिक दवाव र कानुनी केही कमजोरीका कारण बलात्कारका घटना धेरै हुने गरेको र दोषीमाथी कारबाही कम हुने गरेको उनीहरुले बताउने गरेका छन् । सन् २०१५ देखि अहिलेसम्म २२ हजार ३७ ओटा बलात्कारसम्वन्धी घटना दर्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् । ती मध्ये चार हजार ६० उजुरी अझै पनि कारबाही कै चरणमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले घटना भएका सवै दर्ता भएको भए पाँच बर्षमा त्यसको संख्या झण्डै ६० हजार पुग्ने अनुमान गरेको छ । कुल दर्ता भएका उजुरीहरु मध्ये १२ प्रतिशत घटना मात्रै अदालतसम्म पुग्ने गरेको प्रहरी अधिकारीहरुको भनाई छ । एएनआई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com