डिसेम्बरमा २ करोड अमेरिकनले भ्याक्सिन पाउनसक्ने सरकारी पहलमा संलग्न वैज्ञानिकको भनाई


प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार

आगामी महिना २ करोड अमेरिकनहरुले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्नसक्ने अमेरिकी सरकारको भ्याक्सिन पहलमा संलग्न बरिष्ठ बैज्ञानिक मन्सेफ स्लाउइले बताएका छन् । अपरेशन र्याप स्पीडका प्रमुख सल्लाहकार समेत रहेका उनले सन् २०२० को अन्त्यसम्ममा २ करोडले भ्याक्सिन पाउनसक्ने बताएका हुन् ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले डिसेम्बरमा २ करोड र त्यसपछि हरेक महिना साढे २ करोडदेखि ३ करोड अमेरिकनले भ्याक्सिन पाउनसक्ने बताए । फरबरीको अन्त्यसम्ममा अमेरिकामा रहेका ७ देखि ८ करोडले भ्याक्सिन पाउनसक्ने उनको भनाई छ । आगामी तीनमहिनामा अमेरिकी जनसंख्याको एक चौथाईले भ्याक्सिन पाउने अपेक्षा गरिएको छ ।

सन् २०२१ को अप्रिलसम्म कोरोनाबिरुद्धको भ्याक्सिन सर्वसुलभ रुपमा नै उपलब्ध हुने अमेरिकाका बरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर एन्थोनी फाउची लगायतले बताएका छन् । फाउचीले पनि अब छिट्टै भ्याक्सिन उपलब्ध हुने तर कोरोना सम्पूर्णरुपमा निर्मूल भने तत्काल नहुने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन ९० प्रतिशत भन्दा बढी सुरक्षित र प्रभावकारी भएको तथ्यांक सार्वजनिक भएको थियो । फाइजरले अबको केहीसातामा प्रयोगका लागि अमेरिकीसरकार समक्ष आवेदन दिने जनाइएको छ । फाइजरले आगामी साता स्वीकृतिका लागि आवेदन दिने अपेक्षा गरिएको छ ।

कोरोनाबिरुद्धको फाइजरको भ्याक्सिन ९० प्रतिशतभन्दा धेरै प्रभावकारी

अमेरिकन कम्पनी फाइजर र जर्मन कम्पनी बायो एन टेक मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन ९० प्रतिशत भन्दा बढी प्रभावकारी भएको निष्कर्ष निकालिएको छ । यो भ्याक्सिनले ९० प्रतिशत बढी लक्षण सहितको संक्रमणको रोकथाम गरेको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

दशौं हजार स्वयंसेवकहरुमा गरिएको परीक्षणबाट यस्तो निचोड निकालिएको हो । यो कोरोनाबिरुद्धको युद्धमा सबैभन्दा उत्साहजनक अग्रता हो । ९४ जना सहभागीमा गरिएको अन्तरिम विश्लेषणका आधारमा यो निष्कर्ष निकालिएको छ । यो परीक्षण १६४ केस हुँदासम्म जारी रहनेछ ।

यो भ्याक्सिनको प्रभावकारिता ६० देखि ७० प्रतिशत हुने अपेक्षा गरिएकोमा ९० प्रतिशत नाघेकोमा फाइजर र बायो एन टेकले उत्साह व्यक्त गरेको छ । अहिलेसम्म बढी उमेरका व्यक्तिमा प्रभावकारितबारे तथ्यांकहरु सार्वजनिक हुन बाँकी छ ।

त्यस्तै सिकिस्तै बिरामी भएकाहरुलाई प्रभावकारी हुने नहुनेबारे पनि अझै तथ्याकहरु सार्वजनिक हुन बाँकी छ । यो चरणको विश्लेषणमा त्यस्ता प्रकारका केसहरु समावेश नभएको जनाइएको छ ।

त्यस्तै मोडेर्नाको भ्याक्सिन पनि सफलताका साथ अगाडि बढीरहेको छ । फाइजरले दुईमहिनाको फ्लोअप डाटासहित यसै महिना अमेरिकामा प्रयोगको स्वीकृतिका लागि आवेदन दिने जनाइएको छ । नोभेम्बरको अन्तिम साता आवेदन दिने अपेक्षा गरिएको छ । प्रभावकारिता यही ढंगले कायम भएमा अमेरिकाले अर्को महिना कोरोनाबिरुद्धका २ प्रकारका भ्याक्सिन प्राप्त गर्नेछ ।

तथ्यांकहरु तयार हुनासाथ सुरुमा आपतकालिन प्रयोगका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएसमक्ष आवेदन दिइने छ । एफडीएले भ्याक्सिन सुरक्षित रहेको कम्तीमा दुईमहिनाको तथ्यांक प्राप्त गरेपछिमात्र आपतकालिन अनुमति दिने जनाएको छ ।

विश्वमा अहिले १७० वटाभन्दा धेरै कोरोनाबिरुद्धको भ्याक्सिनहरु पूर्व क्लीनिकल परीक्षणमा रहेका छन् । त्यस्तै १० वटा भ्याक्सिन पहिलो चरणको र १५ वटा भ्याक्सिन दोश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका छन् ।

कोरोनाको भ्याक्सिन तीब्र गतिमा बनाउने प्रयास भइरहेको छ । जबकी पोलियोको भ्याक्सिन बन्न ७ बर्ष, दादुराको ९ बर्ष, ठेउलाको ३४ बर्ष लागेको थियो ।

यसैबीच कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिनलाई अनुमति दिन बेलायतले पनि तीब्र पुनरावलोकन सुरु गरिसकेको छ । बेलायतको औषधी तथा स्वास्थ्य सेवा उत्पादन नियामक एजेन्सीले सम्भावित कोरोनाबिरुद्धको भ्याक्सिनको तीब्र पुनरावलोकन सुरु गरिसकेको आष्ट्राजेनेकाका प्रवक्ताले जनाएका हुन् ।

पुनरावलोकनका क्रममा नियामक निकायले भ्याक्सिनको क्लीनिकल तथ्यांकहरु हेर्न सक्नेछन् । साथै स्वीकृति प्रकृया तीब्र पार्न उत्पादन प्रकृया र परीक्षणबारे उत्पादक कम्पनीसँग कुराकानी समेत गर्न सक्नेछन् । आष्ट्राजेनेका भ्याक्सिनको उत्पादन अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर भइरहेको छ ।

बेलायतको औषधी तथा स्वास्थ्य सेवा उत्पादन नियामक एजेन्सीले फाइजरको कोरोनाबिरुद्धको भ्याक्सिनको पनि तीब्र पुनरावलोकन सुरु गरेको जनाइएको छ ।

बेलायतको अष्ट्राजेनेका भ्याक्सिन बुढाबुढी र जवानहरुमा इम्युन विकाश गर्न सफल भएको कम्पनीले जनाएको छ । यो भ्याक्सिन भाइरल भेक्टर विधिबाट बनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com