नेपालमा थप २ हजार १११ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार

नेपालमा थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १११ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६८ हजार १३१ जना स‌ंक्रमणमुक्त भएका छन् ।

थप १३ जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com