शुक्रबारदेखि न्युयोर्कका १० जनाभन्दा बढी जमघट गर्न नपाइने, राती १० बजेपछि कर्फयु
प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार
NEW YORK, NY – MARCH 22: NYPD police officers are seen in Times Square hours ahead of the implementation of ‘New York State on PAUSE’ executive order as the coronavirus continues to spread across the United States on March 22, 2020 in New York City. The tourism and entertainment industries have been hit hard by restrictions in response to the outbreak of COVID-19. (Photo by Noam Galai/Getty Images)
शुक्रबारदेखि न्युयोर्कका राती १० बजेपछि रेष्टुरेण्ट, बार र जिम लगायतका स्थानमा कर्फयु आदेश जारी गरिएको छ । अर्थात् राती १० बजे अगाडि नै रेष्टुरेण्ट, बार र जिमहरु बन्द गरिसक्नुपर्ने छ । कोरोनाको संक्रमणदर न्युयोर्कमा उच्च बन्दै गएपछि नयाँ आदेश जारी गरिएको हो ।
शुक्रबारदेखि न्युयोर्कमा हाउस पार्टी लगायतका लागि १० जनाभन्दा बढी भेला समेत हुन पाइनेछैन । गभर्नर एन्ड्रयु कुमोले १० जनाभन्दा बढी भेला हुन नपाउने र १० बजेपछि बार र रेष्टुरेण्टहरु खोल्न नपाउने नियमको कार्यान्वयन स्थानीय सरकारले गर्नुपर्ने बताएका छन् ।
जमघट हुन नपाउने नियम निजी घरहरुभित्र समेत लागु हुनेछ । मदिरा बिक्रिको लाइसेन्स पाएका बार र रेष्टुरेण्टहरु १० बजेपछि खोल्न नपाइने भएपनि रेष्टुरेण्टहरुले १० बजेपछि पनि टेकआउट सुविधा भने दिन सक्नेछन् । तर टेकआउट केबल खानाका लागिमात्र हुनुपर्नेछ ।

न्युयोर्कमा पछिल्ला दिनहरुमा संक्रमण दर चिन्ताजनक रुपमा बढ्दै गएको छ । कोरोना महामारीको दोश्रो छाल रोक्ने अन्तिम प्रयास स्वरुप मापदण्डहरुको पालना गर्न न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले सबैलाई अनुरोध गरेका छन् । अहिले न्युयोर्क सिटीमा सरदर संक्रमण दर ३ प्रतिशतको हाराहारीमा पुगेको छ । न्युयोर्क सिटीमा सातदिनको संक्रमण दर औषतमा २ दशमलव ५२ प्रतिशत रहेको छ ।
न्युयोर्क सिटीमा अहिले दैनिक एकहजारभन्दा पनि बढी केसहरु पुष्टी भएका छन् । दुईसाता अगाडिको तुलनामा संक्रमण दर ७७ प्रतिशतले बढेको छ ।
न्युयोर्क राज्यभर सातदिनको औषत संक्रमणदर २ दशमलव ४३ प्रतिशत रहेको छ । जुन गत मे पछाडिको सबैभन्दा उच्च तथ्यांक हो । केहीदिन यता अमेरिकाभर संक्रमणदर निकै डरलाग्दो तरिकाले बढिरहेको छ ।






