माउथवासले कुल्ला गर्दा कोरोनाको भाइरल लोड कम हुने


प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार

माउथवासले कुल्ला गर्दा कोरोना भाइरस केही हदसम्म निस्कृय हुने ल्याबको एउटा अध्ययनले जनाएको छ । तर कति प्रभावकारी ढंगले निस्कृय पार्नसक्छ भन्ने सन्दर्भमा भने अझैपनि प्रश्नचिन्ह रहेको छ । माउथवासले भाइरल लोड कम गरेपनि संक्रमित भएका मुखमा सेलहरुमा रहेको भाइरस भने माउथवासले पखाल्न वा निस्कृय बनाउन सक्दैन ।

पेन स्टेट कलेज अफ मेडिसिनको एउटा शोधले माउथ वासले कुल्ला गर्नु कोरोना भाइरसबिरुद्धको एउटा हतियार हुनसक्ने सुझाव दिएको छ । केही स्वास्थ्य अधिकारीहरुले यस्तो प्रमाण प्रारम्भिक चरणको मात्र रहेको र माउथवासबाट कुनै चमत्कार भने नहुने बताएका छन् ।

पेन स्टेटले गरेको ल्याब परीक्षणमा बैज्ञानिकहरुले लिस्टेरिन जस्ता सामान्य माउथवासबाट कोभिड १९ गराउने जस्तै प्रकारको कोरोनाभाइरसको ९९ प्रतिशत स्ट्रेन ३० सेकेण्डमा निस्कृय पार्नसक्ने पुष्टी भएको छ । कुल्ला गरेको एक वा दुई मिनेटपछि कुनै पनि संक्रामक भाइरस नभेटिएको अध्ययनको नेतृत्व गरेका पीएचडी क्रेग मेयेर्सले जनाएका छन् । उनी पेन स्टेट कलेज अफ मेडिसिन पेन्सिलभेनियामा माइक्रोबायोलोजी र इम्युनोलोजीका प्रोफेसर समेत हुन् ।

बच्चाको श्याम्पुको १ प्रतिशत घोलले पनि भाइरसलाई पुछ्नमा उच्च प्रभावकारी दिएको छ । टाउको र घाँटीका डाक्टरहरुले बिरामीको साइनस पखाल्नका लागि यस्तो खालको उपचार प्रयोग गर्दै आएका छन् ।

यस्तो शोधहरु व्यक्तिमा प्रत्यक्ष प्रयोगका भने कैयन सिमाबन्दीहरु रहेका छन् । ल्याबमा गरिएको शोध र मान्छेको शरिरमा गरिने प्रयोगमा फरक हुनसक्ने चिकित्सक रोबर्ट ग्लाटरले बताएका छन् । रोबर्ट न्युयोर्क सिटीको लिनोक्स हिल अस्पतालको इमर्जेन्सी विभागका चिकित्सक हुन् ।

पेन स्टेट कलेज अफ मेडिसिनको अध्ययन टोलीले यस्तो परीक्षण व्यक्तिमा गर्न सकेको खण्डमा वास्तविक तथ्यांक प्राप्त गर्न सकिने बताएका छन् । माउथवासले भाइरल लोड कम गर्नसक्ने भएकाले माइरसको फैलावट रोक्नसक्ने डाक्टर मेयेर्सले विश्वास गरेका छन् ।

सान फ्रान्सिस्कोको युनिभर्सिटी अफ क्यालिफोर्नियाले कोरोनाको भाइरस निस्कृय बनाउनका लागि मान्छेमा माउथवासको प्रभावकारिता परीक्षण गर्ने योजना बनाएको छ । यद्यपी अहिलेका लागि माउथवासलाई कोरोना पूर्णरुपमा निको पार्ने अस्त्रका रुपमा नभई भाइरल लोड कम गर्नसक्ने अस्त्रका रुपमा प्रयोग गर्दा भने केही खराबी हुने देखिन्न ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com