नेपालमा थप १ हजार ९१३ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार

नेपालमा थप १ हजार ९१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६४ हजार ५९२ जना स‌ंक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । क्वारेन्टिनमा ९७४ जना रहेका छन् ।

थप १५ जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com