अमेरिकाको प्रतिनिधिसभामा डेमोक्र्याट्सको बहुमत, सिनेटमा रिपब्लिकनको ५० सिट


प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार

अमेरिकाको प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले नियन्त्रण कायम गरेको छ । प्रतिनिधिसभामा नियन्त्रण कायम गर्नका लागि कम्तीमा २१८ सिट जित्नुपर्ने प्रावधान रहेकोमा २०१८ डेमोक्रेटिक उम्मेदबारहरुदे चुनाव जितेपछि नियन्त्रण कायम भएको हो ।

कुल ४३५ सिटमा डेमोक्र्याट्सले २१८ र रिपब्लिकनहरुले २०३ सिटमा विजय हासिल गरेका छन् । अब १४ सिटको नतिजा आउन बाँकी रहेको छ । क्यालिफोर्नियाका ३ वटा कँग्रेसनल डिस्ट्रिक्टबाट अन्तिम नतिजा आउन अझै बाँकी रहेकोमा तीनवटैमा रिपब्लिकनको अग्रता रहेको छ ।

त्यस्तै आयोवाको एउटा र इलिनोयको एउटा डिस्ट्रिक्टबाट पनि अन्तिम नतिजा आउन बाँकी रहेको छ । घोषणा हुन बाँकी इलिनोयको सिटमा डेमोक्रेटिक उम्मेदबारको र आयोवमा रिपब्लिकन उम्मेदबारको अग्रता कायम रहेको छ । लुजियानाको एउटा डिस्ट्रिक्टबाट पनि नतिजा आउन बाँकी रहेको छ ।

न्युयोर्कबाट ७ कँग्रेसनेल डिस्ट्रिक्टको अन्तिम नतिजा आउन बाँकी रहेकोमा ५ स्थानमा रिपब्लिकनको अग्रता रहेको छ भने २ स्थानमा डेमोक्र्याट्सको अग्रता रहेको छ । त्यस्तै युटाहबाट अन्तिम नतिजा घोषणा हुन बाँकी एउटा सिटमा रिपब्लिकनको अग्रता रहको छ ।

अहिलेकै अग्रता कायम रहेमा प्रतिनिधिसभामा रिपब्लिकनको २१४ र डेमोक्र्याट्सको २२१ सिट कायम हुनेछ । अर्थात् जम्मा ७ सिटलेमात्र हाउसमा डेमोक्र्याट्सको नियन्त्रण कायम हुनेछ ।

त्यस्तै अमेरिकी सिनेटमा रिपब्लिकनहरुले ५० सिट जितिसकेका छन् । कुल १०० मध्ये सिनेटमा रिपब्लिकनले ५० सिट जितेका हुन् । ४८ सिट डेमोक्र्याट्सले जितेका छन् । जर्जियाका बाँकी २ सिटमा आगामी जनवरीमा चुनाव हुनेछ ।

ती दुईमध्ये कम्तीमा एउटा सिट रिपब्लिकनले जीतेमा सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ । सिनेटमा आफ्नो नियन्त्रण कायम गर्नका लागि डेमोक्र्याट्सले ती दुबै सिट जित्नुपर्छ । पचास पचास सिट जितेर बराबरी कायम भएमा सिनेटमा निर्णायक मत दिने अधिकार उपराष्ट्रपतिलाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com