अमेरिकाको मेरिल्याण्डमा नेपालीमाथि आक्रमण, आईसीयुमा उपचार हुँदै


प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार

अमेरिकाको मेरिल्याण्डमा एकजना नेपालीमाथि आक्रमण भएको छ । कामबाट घर फर्कने क्रममा मेरिल्याण्ड राज्यको प्रिन्स जोर्ज काउन्टी अन्तर्गत टेम्पल हिल सिटीमा बेलुका सबा सातबजे तिर्थ सेवामाथि आक्रमण भएको हो । उहाँको अहिले मेरिल्याण्ड राज्यको प्रिन्स जोर्ज काउन्टी हस्पिटलको आईसीयुमा उपचार भइरहेको छ ।

आक्रमणकारीले उहााको टाउकोमा धारिलो हतियारको प्रहार गरेको थियो। आक्रमणबाट उहााो टाउकोमा गम्भीर चोट लागेकाले अस्पताल लैजाने बित्तिकै टाउकोको सर्जरी गरिएको थियो।

अस्पतालका अनुसार तुरुन्त सर्जरी गरिएकोले अहिले उहाँ खतरामुक्त हुनुभएको छ । तर अस्पताल ल्याउनु अगाडि नै धेरै रगत बगेकोले उहाँको दायाँ हात अझै चलेको छैन।

टाउकोमा ३० भन्दा बढी टाँका लगाइएको छ। उहााको अवस्था खतरामुक्त भएपनि सामान्य अवस्थामा पुग्न निकै समय लाग्नसक्ने चिकित्सिकले बताएका छन् ।

नजिकैको मलको एक कपडा पसलमा काम गर्ने उहाँमाथि आक्रमण किन र कसले गर्यो भन्ने अझै खुलेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

हिडिरहेको बेला अचानक दुइवटा गाडी नजिक आएर रोकिएको रएकजना व्यक्ति गाडीबाट बाहिर निस्केर गोजीबाट धारिलो हतियार निकाली टाउकोमा प्रहार गरेको सँगै रहेका बंगालादेशी साथीले बताएका छन् । दुईतीनपटक हान्ने बित्तिकै तिर्थ सेवा बाटोमै ढलेपछि आक्रमणकारी नजिकै रोकिरहेको गाडीमा चढेर भागेको बताइएको छ ।

बंगालादेशी साथीले तत्काल प्रहरीलाई फोन सम्पर्क गरेर जानकारी दिएका थिए । पाँचसात मिनेट पछि प्रहरी घटनास्थलमा आएको थियो । त्यसपछि तिर्थ सेवालाई अस्पताल लगिएको थियो । सन् २०१५ देखि अमेरिका बस्दै आउनु भएको सेवाको परिवार नेपालमै छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com