फिप्ना अमेरिकाबाट २ महिनामा नेपालमा २२ हजार डलरको खाद्यान्न वितरण


प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले झण्डै २ महिनाको अवधिमा नेपालमा २२ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोगमा खाद्यान्न राहत वितरण गरेको छ । आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले यसबारे जानकारी दिए ।

यो कार्य सम्पन्न गर्नका लागी आर्थिक तथा नैतिक साथ सहयोग गर्ने सबैलाई फिप्नाका तर्फबाट महासचविव नरेन्द्र थापाले धन्यवाद व्यक्त गरे । साथै कार्यक्रमलाई समन्वयात्मक भुमिका निर्वाहको लागी नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद् सचिवालय काठमाण्डौलाई कृतज्ञता व्यक्त गरेको छ ।

जुलाई ५, २०२० देखी अगष्ट २९, २०२० सम्म करिव दुई महिना नेपालमा यस्तो सहयोग गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपत्यकामा लगातार ७ दिन सम्म प्रत्येक दिन ३०० जनाको दरले खाना वितरण गरिएको फिप्नाले जनाएको छ । रत्नपार्क, असन, सोह्रखुट्टे, नयाँ वसपार्क, पशुपती क्षेत्र हरूमा खाना वितरण गरिएको थियो । प्रत्येक दिन ३०० जना भनिएकोमा छैठौ र सातौ दिनमा थप २०० गरेर दुई दिन ५०० जनालाई खाना वितरण गरीएको थियो । साथै २० जना घरविहिनहरूलाई त्रिपाल (टेन्ट) वितरण गरीएको थियो ।

उपत्यका बाहिर नेपालको सिमान्तकृत समुदाय, लोपोन्मुख समुदाय, मजदुर वर्ग, सुकुम्बासी क्षेत्र, दलितर सिल्पी समुदायहरूमा राहत वितरण गरिएको छ । दैलेखका राउटे समुदाय, सिराहाका मुसहर समुदाय, धनकुटाका गिटी बालुवा मजदुर, मकवानपुरका चेपाङ समुदाय, सुनसरीका उराउँ तथा खम्पे समुदाय, धरानमा मजदुर तथा सुकुम्बासी, दाङका कुसुण्डा तथा माझी समुदायलाई सहयोग उपलब्ध गराइएको छ ।

सिन्धुपाल्चोक जिल्लामा गएको बाढी पहिरो बाट प्रभावित परिवारलाई राहत स्वरूप नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना )ले राहत उपलब्ध गराएको छ ।

अमेरीकामा सक्रिय सिन्धु सोसाइटी अफ अमेरीका संगको सहकार्यमा पिडितहरूलाई उपलब्ध गराउने गरी फिप्नाले सिन्धु सोसाइटी अफ अमेरीकाका अध्यक्ष छिरिब तेन्जिब लामा तथा पदाधिकारीहरूको उपस्थितिमा नगद ५ सय डलर हस्तान्तरण गरीएको थियो । त्यसैगरी बाग्लुङ जिल्लामा गएको बाढीपहिरोमा परी जनजिवन अस्तव्यस्त बनाएका त्यस क्षेत्रको जनताहरूको राहत स्वरूप बाग्लुब समाज अमेरीकालाई फिप्नाले ७ सय डलर नगद उपलब्ध गराएको थियो ।

कोरोना भाईरसका कारण आफ्नो व्यक्तीगत सुरक्षाको लागी सावधानी अपनाउदै पेशागत कर्तव्य निर्वाह गर्नुपर्ने बाधात्मक परिस्थितिमा पत्राकरहरूको समस्यालाई ध्यानमा राखी विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संगको सहकार्यमा फिप्नाले स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

प्रतिवेदनको पूर्ण पाठ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com