पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीको कोरोना रिपोर्ट पुन: पोजेटिभ
प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार
होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ ।
बाबुराम भट्टराई दम्पतीलाई गत कात्तिक ७ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनः पोजिटिभ आएको हो ।
दोस्रो पटकको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बाबुरामले कोरोनाविरुद्धको लडाईं लामो भएको बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै, लडाइँ केही लामै होला जस्तो पो छ त।’