ट्रम्पले भने -‘चुनाव मैले जीतें’, ट्वीटरले लगायो फ्लाग
प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार
डोनाल्ड ट्रम्पले चुनाव आफूले जीतेको दावी गर्दै ट्वीट गरेका छन् । अमेरिकी संचारमाध्यमहरुले बाइडेनलाई निर्वाचित भएको घोषणा गर्नुभन्दा केही अगाडि गरेको ट्वीटमा ट्रम्पले भनेका छन् -‘यो चुनाव मैले जितें, एकदम धेरैले ।’
I WON THIS ELECTION, BY A LOT!
— Donald J. Trump (@realDonaldTrump) November 7, 2020
ट्रम्पको यो ट्वीटलाई ट्वीटरले फ्लाग लगाएको छ । उनले यो ट्वीट गर्दासम्म विजेता घोषणा नभइसकेको भन्दै ट्वीटरले फ्लाग गरेको हो । अमेरिकन संचारमाध्यमहरुले जो बाइडेन निर्वाचित भएको घोषणा गरेपछि भने ट्रम्पले कुनै ट्वीट गरेका छैनन् ।
यसैबीच चुनावबाट आवश्यक इलेक्टोरल कलेज मत सुरक्षित गरिसकेका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुनेभएपछि २०१६ को चुनावमा डोनाल्ड ट्रम्पबिरुद्ध लडेका रिपब्लिकन जेब बुसले पनि बधाई दिएका छन् । जेब बुस फ्लोरिडाका पूर्व गभर्नर समेत हुन् । जेब बुसले बाइडेनलाई बधाई दिदै भनेका छन् – ‘म तपाइँ र तपाइँको सफलता को लागी प्रार्थना गरीरहेछु। अब गहिरो घाउहरू निको पार्ने समय हो। धेरैले आफ्नो यात्रामा अगाडि बढ्न तपाईप्रति निर्भर छन् ।’
Congratulations to President-elect Biden. I have prayed for our President most of my adult life. I will be praying for you and your success. Now is the time to heal deep wounds. Many are counting on you to lead the way.
— Jeb Bush (@JebBush) November 7, 2020
जेब बुस अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज बुस सिनियरका छोरा हुन् ।
बाइडेनलाई अमेरिकाको ४६ औं राष्ट्रपति हुनेभएपछि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले बधाई दिएका छन् । बाइडेनले ओबामा कार्यकालमा उपराष्ट्रपतिका रुपमा काम गरेका थिए ।
Congratulations to my friends, @JoeBiden and @KamalaHarris — our next President and Vice President of the United States. pic.twitter.com/febgqxUi1y
— Barack Obama (@BarackObama) November 7, 2020
ओबामाले आगामी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । जर्जिया र अलास्काको अन्तिम परिणाम आउन बाँकी छँदै बाइडेनले नेभाडा र पेन्सिलभेनिया जितेर २९० इलेक्टोरल कलेज मत सुरक्षित गर्दै ह्वाइटहाउसको यात्रा सुनिश्चित गरेका हुन् ।
यो सँगै कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुने भएकी छिन् । साथै कमला पहिलो अश्वेत र दक्षिण एसियाली मुलकी महिला उपराष्ट्रपति समेत हुने भएकी छिन् ।
अब आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा बाइडेनलाई औपचारिक रुपमा निर्वाचित गर्नेछन् । कम्तीमा २७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदबार नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ ।
प्रतिबद्ध इलेक्टरहरुले आगामी डिसेम्बर १४ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई मतदान गर्ने प्रावधान रहेको छ । सन् २०२१ जनवरी ६ मा संसदले इलेक्टोरल मतहरु एकीकृत गरेर अमेरिकी राष्ट्रपतिको घोषणा गर्नेछ । त्यसपछि सन् २०२१ को जनवरी २० मा अमेरिकी राष्ट्रपतिले सपथ ग्रहण गर्नेछन् ।