ओबामाले दिए बाइडेनलाई बधाई
प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/11/library-of-congress-WYmjDP_8kMU-unsplash.jpg?fit=1500%2C1530&ssl=1)
अमेरिकी राष्ट्रपतिको चुनावबाट आवश्यक इलेक्टोरल कलेज मत सुरक्षित गरिसकेका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुनेभएपछि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले बधाई दिएका छन् । बाइडेनले ओबामा कार्यकालमा उपराष्ट्रपतिका रुपमा काम गरेका थिए ।
Congratulations to my friends, @JoeBiden and @KamalaHarris — our next President and Vice President of the United States. pic.twitter.com/febgqxUi1y
— Barack Obama (@BarackObama) November 7, 2020
ओबामाले आगामी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । जर्जिया र अलास्काको अन्तिम परिणाम आउन बाँकी छँदै बाइडेनले नेभाडा र पेन्सिलभेनिया जितेर २९० इलेक्टोरल कलेज मत सुरक्षित गर्दै ह्वाइटहाउसको यात्रा सुनिश्चित गरेका हुन् ।
यो सँगै कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुने भएकी छिन् । साथै कमला पहिलो अश्वेत र दक्षिण एसियाली मुलकी महिला उपराष्ट्रपति समेत हुने भएकी छिन् ।
अब आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा बाइडेनलाई औपचारिक रुपमा निर्वाचित गर्नेछन् । कम्तीमा २७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदबार नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ ।
प्रतिबद्ध इलेक्टरहरुले आगामी डिसेम्बर १४ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई मतदान गर्ने प्रावधान रहेको छ । सन् २०२१ जनवरी ६ मा संसदले इलेक्टोरल मतहरु एकीकृत गरेर अमेरिकी राष्ट्रपतिको घोषणा गर्नेछ । त्यसपछि सन् २०२१ को जनवरी २० मा अमेरिकी राष्ट्रपतिले सपथ ग्रहण गर्नेछन् ।