नेपालमा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ७५३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५५ हजार ११४ जना स‌ंक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हहजार ४३५ रहेको छ । क्वारेन्टिनमा १ हजार १४४ जना रहेका छन्

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com