नेपालमा थप २ हजार ९०९ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

नेपालमा थप २ हजार ९०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार ९०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४  हजार ९०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५२ हजार ९ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

थप १८ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com