प्रधानमन्त्रीज्यू, स्वार्थी चम्चेको हैन, सहकर्मीको कुरा सुन्नुस् र मान्नुस्


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

– राधाकृष्ण देउजा

सम्माननीय प्रधानमन्त्री एवं नेकपाका श्रद्धय अध्यक्ष समेत रहनु भएका केपी ओली प्रति आम जनताको माया छ। वाहाँले नेतृत्व गर्नु भएको सरकारको स्थायित्व आफ्नै दलकाले मात्रै हैन विपक्षको पनि चाहना छ किनकि यो स्थायित्वको मुद्दा कुनै व्यक्ती वा दलसंग मात्रै हैन देशको भाग्य र भविश्य संग जोडिएको छ ।

यद्धपि यो सत्य संगै जोडिएको अर्को सत्य पनि छ त्यो के भने जनताले माया गरेको , पार्टीका नेता कार्यकर्ताले आशा र अपेक्षा गरेको यो सरकारले गर्नु पर्ने जति राम्रो काम गरको छैन । कतिपय बेला सरकार अप्रत्याशित रुपमा नपर्नु पर्ने विवादमा होमिन पुगेको छ , कतिपय नगर्नु पर्ने कामहरु सरकारबाट भएकै छन तर त्यति हुँदा पनि कसैले पनि प्रधानमन्त्रीको नियतमा सवाल गरेको छैन ।

अहिले पनि सवैले ठानेका छन कि प्रधानमन्त्री केहि गरौँ नै भन्ने चाहनु हुन्छ तर वहाँले चाहे जस्तो हुन सकेको छैन । यो अनपेक्षित असफलता भित्र सरकारमा रहेका वा त्यसको निर्णयमा प्रभाव पार्न सक्ने कतिपयको नालायकी लुकेको छ भने कतिपयको स्वार्थपूर्तिको चुरो पनि यसमा लुकेको छ , अनि आज तिनै नालायक र स्वार्थीहरु सरकारलाइ सुमार्गमा डोर्याउने सुझावहरुलाइ सरकार विरोधी षड्यन्त्र भन्ने अनि सरकारले राम्रो गरोस भनेर राय सुझाव दिनेहरुलाइ सरकार विरोधीको संज्ञा दिरहेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तिनै नालायक स्वार्थीहरुको बुझाइ मिश्रित कुप्रचारले कहीं न कहीं सम्माननीय प्रधानमन्त्रीलाइ पनि भ्रमित पार्न सफल भएको प्रष्ट हुँदै गएको छ । अहिले नेकपामा देखिएको विवादको चुरो पनि नेताहरुलाइ उचाल्ने उकास्ने तिनै नालायक स्वार्थीहरुको षड्यन्त्रपूर्ण खेलको उपज हो । अनि दुखका साथ भन्नै पर्छ आफ्ना निजि नालायकी छोप्ने त्यस्ता षड्यन्त्रहरुले अहिले सवै भन्दा प्रभावित सम्माननीय प्रधानमन्त्रीज्युलाइ पारिरहेको छ ।

यस्तो किन भनिएको हो भने लोकतन्त्रको लागि जीवनभर लडेको आदरणीय केपी ओली पार्टीको वैठक फेस गर्न नसक्ने वा नचाहने भन्ने पत्याउन सकिने कुरै हैन । झन लामो समयसम्मको सहकर्मी , लामो समय आफ्नो नेता रहनु भएका माधव नेपाल जस्ता नेतालाइ स्वास्थ्यलाभको कामना गर्दा समेत मान मर्दन गर्ने तहको काम पनि केपी ओलीले कसैको गलत सूचना को प्रभावमा मात्रै गर्नु भएको हुनुपर्छ भनेर ठान्नु गलत पक्कै हुदैन ।

अहिले नेकपाको विवादको दौरान पनि सम्माननीय प्रधानमन्त्रीलाइ गलत सूचना दिने र उकास्नेको ठुलो भूमिका छ भन्ने बुझ्न गार्हो छैन । किन ? किन भने नेकपाका कुनै सचिवालय सदस्यले सरकार परिवर्तनको कुरा नै नउठाउँदा पनि सम्माननीय प्रधानमन्त्रीले दुइ दुइ पटक सरकार हटाउन आफ्नै पार्टी भित्र बाट पनि चलखेल भएको संकेत गरिसक्नु भएको छ । तर विवादकै बिचमा पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालहरु सरकार परिवर्तनको चर्चा गरेर हिडनु भएको छैन ।

तथ्यलाइ जस्ताका तस्तै बुझ्ने हो भने सरकार परिवर्तनको कुरा त टाढानै भयो पुष्पकमल दाहाल , माधव नेपाल , झलनाथ खनाल लगायत सबै सहभागी स्थायी समितिले सम्माननीय केपी ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले पुरा कार्यकाल काम गर्ने भनेर त निर्णय नै गरेको छ ।

आवश्यकता छ त केवल स्थायी समितिमा आफैं सहभागी र सहमत निर्णयको पालनाको न हो । तर सत्य र तथ्य भुलेर फेरी आफ्नै पार्टीका सहकर्मीहरु नै सरकार परिवर्तन गर्न , आफुलाइ प्रधानमन्त्रीबाट हटाउन लागेको भान प्रधानमन्त्रीलाइ के कसरि परेको छ ?

सवैसंगको सल्लाहमा सरकारलाइ ठिक काम गरेर कार्यकाल पुरा गर्न प्रधानमन्त्रीज्युलाइ कसले रोकेको छ ? छैन ! फेरी पनि हुँदै नभएको काल्पनिक हल्ला चलाउने काम भएकै छ , हल्लाकै भरमा प्रधानमन्त्रीज्यु कै अभिव्यक्ति आएको आयै छ भने पछि यहाँ बुझ्नुपर्छ कि यहाँ सहमति र सहकार्यको हैन द्वन्द्ध र विवादको व्यापार चलेको छ । यो सत्य सम्माननीय प्रधानमन्त्रीज्युले जति छिटो बुझ्नु हुनेछ , त्यति नै राम्रो हुनेछ ।

तसर्थ सम्माननीय प्रधानमन्त्रीज्यु , प्रचण्ड माधव नेपालहरु सरकार को नेतृत्व फेर्न हैन सरकारको कार्यशैली फेर्न मात्रै लागेका हुन भन्ने सत्यलाइ मनन गर्नुस , वहाँहरु सहित बसेर यो सरकारको नेतृत्व अर्थात केपी ओलीलाइ पुरा कार्यकाल सरकार चलाउन दिने भन्ने निर्णय गरिदकेको अवस्थामा निर्णयलाइ सम्झिनुस कसैको गलत व्याख्या सहितको विश्लेषणलाइ हैन ।

अहिलेको लागि नेकपाको विवाद समाधान गर्ने र नेकपालाइ एकतावद्ध पारेर अगाडी बढाउने कुराको चुरो भनेको सहकर्मीहरुको सकारात्मक आलोचनालाइ पचाउने अनि आफ्नो नजिक रहेर आफ्नो नालायकी छोप्दै स्वार्थको व्यापार गर्नेहरुलाइ निषेध गर्ने काम गरिंदा मात्रै पनि नेकपा ठिक पटरिमा आउने पक्का छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com