Follow @khasokhasmag

सभामुखको च्याम्बरमा प्रचण्ड र ओलीवीच वार्ता


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

आगामी बैशाख ३१ गतेका लागि तोकिएको चुनावको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीवीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सभामुखको च्याम्बरमा प्रचण्ड र केपी ओलीवीच वार्ता भईरहेको छ ।

पार्टी हेडक्वार्टर बैठकमा छोटो ब्रिफिङलगत्तै प्रचण्ड ओलीसँग वार्ताको लागि सिंहदरबार पुगेका हुन् । प्रचण्ड ओलीसँगको भेटवार्ताको लागि हिँडेसँगै बैठक तीन बजेसम्मको लागि स्थगित भएको बताइएको छ ।
आइतबार एमाले र कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै राजनीति तरंगित बनेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com