जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनिया जीतेको दावी सहितको ट्रम्पको ट्वीटमा ट्वीटरको फ्लाग


प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार

जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनिया जीतेको दावी सहित राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले गरेको ट्वीटलाई ट्वीटरले फ्लाग गरेको छ । ट्रम्पले ट्वीटरमार्फत यी राज्यहरुमा आफूले जीतेको दावी गरेका थिए । यद्यपी यी राज्यहरुमा मतगणना जारी रहेको छ ।

यी तीनवटै राज्यहरुमा ट्रम्पले अग्रता कायम गरिरहेका छन् । पेन्सिलभेनियामा झण्डै १० लाख मत गणनागर्न बाँकी रहेको छ । अहिले पेन्सिलभेनियामा ट्रम्पले झण्डै साढे २ लाख मतल अग्रता कायम गरिरहेका छन् । जर्जियामा झण्डै २ लाख र नर्थ क्यारोलिनामा झण्डै ४ लाख मतगणनाको परिणाम आउन बाँकी रहेको छ ।

नर्थ क्यारोलिनामा ट्रम्पले झण्डै ८० हजार मतले अग्रता कायम गरिरहेका छन् । जर्जियामा ट्रम्पले झण्डै ५० हजार मतले अग्रता कायम गरिरहेका छन् । पेन्सिलभेनियामा आज रातभरमा मतगणना ९९ प्रतिशत समाप्त हुने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै ट्रम्पले मिसिगनमा गोप्य रुपमा ठूलोसंख्यामा मतपत्रहरु लुकाइएको दावी गर्दै गरेको ट्वीट पनि ट्वीटरले फ्लाग गरेको छ । १६ घण्टाको अवधिमा कम्तीमा ५ वटा ट्रम्पका ट्वीट ट्वीटरले फ्लाग गरेको छ ।

जो बाइडेनले नेभाडा जितेको खण्डमा ट्रम्पले जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनिया जीतेपनि राष्ट्रपति चुनाव भने जित्ने छैनन् । ट्रम्पका लागि डेमोक्र्याट्सहरुको पकड रहेको र बाइडेनले अग्रता कायम गरिरहेको नेभाडा जित्न सहज छैन । यद्यपी ट्रम्पले अलास्का जित्ने सम्भावना रहेको छ ।

अमेरिकी राष्ट्रपति चुनावबारे सम्पूर्ण अपडेटका लागि यहाँ क्लीक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com