टेक्सासमा ट्रम्पले जीते, चुनाव जीत्न बाइडेनले पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नैपर्ने


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

सबैको ध्यान तानिरहेको टेक्सासमा ट्रम्पले जीतेका छन् । ३८ इलेक्टोरल मत रहेको टेक्सासमा जीतेपछि ट्रम्पको पक्षमा २०४ इलेक्टोरल मत प्राप्त भएको छ । अब पेन्सिलभेनिया र नर्थ क्यारोलिना नजिते बाइडेनले चुनाव जित्न मुस्किल हुनेछ । तर यी दुबै राज्यमा ट्रम्पको अग्रता कायम रहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुशार जो बाइडेनले २२३ इलेक्टोलर मत जीतेका छन् । राष्ट्रपति चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

अब सबैको ध्यान पेन्सिलभेनिया र नर्थ क्यारोलिनामा रहेको छ ।

कुनै बेला रिपब्लिकनको पकड रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड भएको छ । जर्जियामा ट्रम्प अगाडि देखिएका छन् ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com